बनेपामा खुल्ला टेबल टेनिस प्रतियोगिता

  • अनलाइन काभ्रे
  • / खेलकुद /
  • २०८१ माघ १७, बिहिबार (२ महिना अघि)
  • ३६ पटक पढिएको
बनेपामा खुल्ला टेबल टेनिस प्रतियोगिता

काभ्रे । बनेपा नगर टेबल टेनिस संघको आयोजना र बनेपा नगरपालिकाको सहकार्यमा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
माघ १६ र १७ गते बनेपाको काभे्र बहुमुखी क्यापसमा सञ्चालन भएको खुल्ला टेबल टेनिस प्रतियोगितामा बोइज अन्डर १४, बोइज अन्डर १८, खुल्ला महिला, खुल्ला पुरुष र भेट्रान ४० गरी ५ विधामा प्रतिस्पर्धा भएको थियो । बोइज अन्डर १४ तर्फ निश्चल थापा प्रथम, रश्मि श्रेष्ठ दोस्रो, जिवन पोख्रेल र सुशांक श्रेष्ठ तृतीय भएका छन् भने बोइज अन्डर १८ तर्फ सरद कर्माचार्य प्रथम, किरण दाहाल दोस्रो, कुशल खत्री र कृतन दाहाल तृतीय भएका छन् । खुल्ला महिलातर्फ स्मृती मोक्तान तामाङ प्रथम, सुजता पौडेल दोस्रो, स्वती प्रधान र ज्योती पोख्रेल तृतीय भएका छन् । त्यस्तै, खुल्ला पुरुषतर्फ रबिन श्रेष्ठ प्रथम, सुहान पोटे दोस्रो, भक्तजन र मध्येश्वर मकै तृतीय भएका छन् । भेट्रान ४० तर्फ धर्म रत्न थापा प्रथम, सुरेश शाक्य दोस्रो, कुश श्रेष्ठ र शान्ति रत्न शाक्य तृतीय भएका छन् ।
प्रतियोगिताका बिजयीहरुलाई नगद पुरस्कार, मेडल, प्रमाण–पत्र तथा ट्रफी प्रदान गरिएको थियो । बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, बनेपा नगर टेबल टेनिस संघका अध्यक्ष प्रमेश्वर श्रेष्ठ र अखिल नेपाल टेबल टेनिस संघका केन्द्रिय सदस्य शिव सुन्दर गोथेले प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले स्तरीय प्रशिक्षणले योग्य खेलाडी तयार हुने बताउँदै बनेपा नगरपालिकाले खेलकुद क्षेत्रको भौतिक निर्माणमा जोड दिएको बताए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस