खानीखोलामा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

  • अनलाइन काभ्रे
  • / खेलकुद /
  • २०८१ माघ ७, सोमबार (३ महिना अघि)
  • २४२ पटक पढिएको
खानीखोलामा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबार सम्पन्न भएको १६ स्वर्ण, ८ रजत र ७ कास्य प्राप्त गरी कुमारी माध्यामिक विद्यालय प्रथम, ४ स्वर्ण, ५ रजत, १० कास्य प्राप्त गरी जन विकास मावि दोस्रो र २ स्वर्ण, २ रजत, ४ कास्य प्राप्त गरी बुद्ध मावि तेस्रो भएको व्यवस्थापक कुमारी माविका शिक्षक प्रधानाध्यापक लाल बहादुर घिसिङले बताए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका माध्यमिक तहस्तरीय ८ वटा र १ वटा आधारभुत तहस्तरीय विद्यालयको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रम पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज) प्रमुख आतिथ्यता रहेको थियो भने खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बाको विषेश आथित्यमा, निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालक कुमारी माविका प्रधानाध्यपक लाल बहादुर घिसिङले गरेका थिए ।
प्रतियोगिताको समापनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले विजेताहरुलाई परस्कार वितरण गरेका थिए । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष निशान मोक्तान , वडा नं. ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान ( बाबू) शिक्षा शाखा सहजकर्ता होम बहादुर वाईबा लगाएत विभिन्न दलका प्रतिनिधि शिक्षक अभिभावकहरुको उपस्थितिमा समापन भएको थियो ।
प्रतियोगिता माघ ४ गतेबाट खानीखोला गाउँपालिकाको आयोजनामा कुमारी माध्यामिक विद्यालयको व्यवस्थापनमा वडा नम्बर ४ स्थित जगथली फुलडाँडामा सञ्चालन भएको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस