जुनियर मोडल २०२४ मा तीन नेपालीले उपाधी जित्न सफल

  • अनलाइन काभ्रे
  • / खेलकुद /
  • २०८१ श्रावण २९, मंगलबार (८ महिना अघि)
  • १३७ पटक पढिएको
जुनियर मोडल २०२४ मा तीन नेपालीले उपाधी जित्न सफल

काभ्रे । थाइल्याण्डमा आयोजना भएको ‘जुनियर मोडल एन्ड सुपर ग्लोब इन्टरनेशनल २०२४’ मा तीन नेपाली बालकहरूले उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सहभागी सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डंगोलमा घिसिङले फष्ट रनरअप (टिन) को अलवा बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपाल र प्रिन्स आफ एसियाको उपाधि हासिल गर्न सफल भएका छन् । त्यस्तै आरभ गौतमले एक्ट्रिम ट्यालेन्ट प्रिन्स र बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपालको उपाधि प्राप्त गर्दा सोही प्रतियोगितामा सहभागी अर्का प्रतियोगी कृतज्ञ डंगोलले भने सेकेन्ड रनरअफ (प्रिटिन) र बेष्ट इन्टरभ्यु (प्रिटिन) भएका छन् ।
बैंकमा आयोजना भएको प्रतियोगितामा सौगातले टिन (१३ देखि १५ वर्ष), आरभले प्रिन्स (८ देखि १० वर्ष) र कृतज्ञले प्रि–टिन (१०देखि १२ वर्ष) समूहमा प्रतिनिधित्व गरेका थिए ।
विश्वका २० बढी राष्ट्रका बालबालिका सहभागिता रहेको कार्यक्रममा सहभागी बालकले नेपालको भेषभुषा र कला संस्कृति समेत प्रदर्शन गरेका थिए ।

प्रतियोगीमा सहभागी बालबालिकालाई मोटिभेसनका लागि उनीहरूसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु सहभागी थिए । सौगात, आरभ र कृतज्ञ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०२४’ का विजेता हुन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस