बिबिसीका खेलाडीलाई जर्सी वितरण

  • अनलाइन काभ्रे
  • / खेलकुद /
  • २०८१ बैशाख २१, शुक्रबार (११ महिना अघि)
  • २२१ पटक पढिएको
बिबिसीका खेलाडीलाई जर्सी वितरण

काभ्रे । बनेपा बोइज क्लब (बिबिसी)का खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ । वैशाख २२ गतेदखि सञ्चालन हुने लागेको काभ्रे जिल्ला लिग २०८१ मा सहभागी हुन लागेको बिबिसीका खेलाडीलाई शुक्रबार एक कार्यक्रमको अवसरमा जर्सी वितरण गरिएको हो ।

काभ्रे जिल्ला लिग २०८१ मा सहभागी हुन लागेका बनेपा बोइज क्लब (बिबिसी)का २२ जना खेलाडीहरुलाई जसी वितरण गरिएको बनेपा बोइज क्लब (बिबिसी)का अध्यक्ष महेश कर्मचार्यले जानकारी दिए ।

उनका अनुसार, विभिन्न संघ संस्थाको सहयोगमा खेलाडीहरुलाई जर्सी तथा टि–सर्ट वितरण गरिएको हो । लिगका लागि मेडिकल पार्टनर बनेपा हेल्थ केयर, जर्सी र मोजा स्पोन्सर बनेपा पार्टी भेन्यु, टिर्स स्पोन्सर रिलायन्स लाइफ इन्स्योरेन्स, अफिसियल टिसर्ट पार्टनर टिम बिबिसी रहेको बनेपा बोइज क्लब (बिबिसी)का अध्यक्ष कर्मचार्याले बताए।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस