एमेष्टी इन्टनेशनल ७२ पनौतीको नेतृत्वमा जमूना

  • अनलाइन काभ्रे
  • / समाज /
  • २०८१ मंसिर २३, आईतबार (४ महिना अघि)
  • १४८ पटक पढिएको
एमेष्टी इन्टनेशनल ७२ पनौतीको नेतृत्वमा जमूना

काभ्रे । एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ७२, को १५ औं अधिवेशन समितिका संयोजक राजेश कुमार श्रेष्ठको अध्यक्षता तथा संस्थापक संयोजक विजयराम कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिवेशनबाट समुहमा दुई बर्ष कार्यकालको लागि पहिलो महिला नेतृत्व संयोजकमा अधिवक्ता जमुना पसछे र उप –संयोजक सुदर्शन सुवेदी, सचिव हरिचन्द्र श्रेष्ठ, कोषाध्यक्ष इ. रामकुमार बस्नेत, सह सचिव सन्तोष हुमागाई, सदस्य प्रताप ताम्राकार, तारा देवी श्रेष्ठ, बिष्णु खिम्बञ्जार लगायत ९ जनाको कार्य समिति चयन गरि अधिवेशन सम्पन्न भएको हो ।
उक्त कार्यक्रम सञ्चालन समुहका सचिव तारा देवी श्रेष्ठले संचालन गर्नुभएको थियो भने निर्बाचन अधिकृत राजाराम कर्माचार्यले निर्बिरोध पदाधिकारीहरुको घोषणा गरेको छ । अतिथिहरुमा एमनेष्टी समूह ५५ का संयोजक गिता दाहाल तिम्लसिना, पूर्व कन्भनरहरु अर्जुन बञ्जारा, राजन श्रेष्ठ, सोम प्रसाद हुमागाई, उद्दब हुमागाई, सुरेश सैजुहरु र केन्द्रीय सदस्य उम्मेदवार एलिशा महतको उपस्थित र मन्तव्य राखेका थिए ।
एम्नेष्टी ७२ समुहका कार्य समिति र सदस्यहरुको उपस्थित थियो भने विभिन्न बिधाबाट समेत उत्कृष्ट कार्य गर्ने पदाधिकारी तथा कार्य समिति सदस्यहरुलाई सम्मान गरिएको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस