नवनिर्वाचित रेडक्रसकर्मीलाई बधाई

  • अनलाइन काभ्रे
  • / समाज /
  • २०८१ मंसिर १, शनिबार (५ महिना अघि)
  • २१९ पटक पढिएको
नवनिर्वाचित रेडक्रसकर्मीलाई बधाई

काभ्रे । नेपाल रेडक्रस सोसाइटी साँगा उपशाखाको आयोजनामा आज (शनिबार) नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई तथा बाढीपिडितहरुलाई राहत वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति देवेन्द्र प्रसाद भैलले बोल्दै राहतको कार्यक्रम वितरण गर्न जिल्ला दैवि प्रकोप व्यवस्थापन समितिले रेडक्रसलाई बेथानचोक गाउँपालिका र पनौती नगरपालिका तोकिदिएको बताए । उनले पहिलो चरणमा बेथानचोकमा २ सय जना र पनौती नगरपालिकामा १२ सय जना बाढी पिडितहरुलाई सरकारले नगद रकम वितरण गर्ने लक्ष्य रहेको बताए ।
त्यस्तै बनेपा नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष टुल्कु लामाले बाढीपहिरोको कारण खानेपानीको समस्या रहेको भन्दै वास्तविक पिडितहरुलाई औंल्याएर राहत वितरण गर्न अनुरोध समेत गरे । वडा नं. १३ का वडा सदस्य एवं कार्यपालिका सदस्य राजु मधिकर्मीले पिडित सुत्केरी महिलाहरुलाई समेत राहतको व्यवस्था गर्न आग्रह गरे ।
उपशाखा सभापति बद्री बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल रेडक्रस सोसाइटी साँगा उपशाखाका सहसचिव निलकमल नापित र सञ्चालन सोही उपशाखाका उपसभापति पुनम घिमिरेले गरेका थिए ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति देवेन्द्र प्रसाद भैल लगायतले बनेपा नगरपालिका वडा नं. १३ र १४ का ७४ जना पिडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी पनौती उपशाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका निवर्तमान सभापति रघुनाथ हुमागाईंले शुभारम्भ गरेका छन् । रक्तदान कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदान गरेको उपशाखाका सभापति राजु ताम्राकारले जानकारी दिए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस