काभ्रे । काभ्रे जिल्लाको नमोबुद्द नगरपालिका वडा नं. २ स्थित बुच्चाकोटमा निर्माण गरिएको विन्धबासिनी मन्दिर तिमल्सिना समाज नेपालका अध्यक्ष दिपक तिमल्सिनाद्वारा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
बुच्चाकोटको तिमल्सिना गाउँमा निर्माण भएको उक्त विन्धबासिनी मन्दिरमा आज (बिहीबार) प्राण प्रतिष्ठा गरेको हो ।
तिमल्सिना समाज नेपालका अध्यक्ष तिमल्सिनाका अनुसार विन्धबासिनी मन्दिरमा नियमित पुजा अर्चना सुरू भइसकेको जानकारी दिएका छन् ।
विन्धबासिनी मन्दिर निर्माण गर्नको लागि बुच्चाकोटमा रहेका तिमल्सिनाहरूले चन्दा संकलन गरी करिब ३० लाखको लागतमा मन्दिर निर्माण भएको अध्यक्ष तिमल्सिनाले जानकारी दिँदै मन्दिर निर्माण गर्ने ठेकेदार पुण्ड्यराम छिमाछुवालाई निर्माण समितिका अध्यक्ष नवराज तिमल्सिना र सदस्य निराजन तिमल्सिनाले सम्मान समेत गरेका छन् ।
सोही अवसरमा १२ जना पण्डितद्वारा नारायण सत्र वाचन र हवन गरिएको थियो । बुच्चाकोटका तिमल्सिना मध्येका जेष्ठ सदस्य टिकादत्त तिमल्सिनाबाट सम्पूर्ण उपस्थित सदस्यहरूलाई टिका जमारा लगाई दशैंको जमरा विसर्जन गरिएको थियो ।