२०८४ को संसदीय चुनावमा एकल बहुमतले सरकार बनाउँछौंः अध्यक्ष प्रचण्ड

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८१ माघ २५, शुक्रबार (२ महिना अघि)
  • १३० पटक पढिएको
२०८४ को संसदीय चुनावमा एकल बहुमतले सरकार बनाउँछौंः अध्यक्ष प्रचण्ड

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका आएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८४ सालको संसदीय चुनावमा एकल बहुमतले सरकार बनाउने बताएका छन् ।
राजनैतिक वैचारीक प्रशिक्षण तथा नव निर्वाचित पालिका कमिटीलाई बधाई तथा शुभकामना दिन आयोजित गरिएको सभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा माओवादी पार्टीलाई पहिलो पार्टी बनाउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ, सबै मिलेर पहिलो पार्टी बनाउन जोड दिँदै एकताबद्ध ढङ्गले अघि बढे जित सुनिश्चत भएको उनले दाबी गरे ।
सम्बोधनकै क्रममा प्रचण्डले माओवादी पार्टीको आवश्यकता र औचित्य, इतिहासमा हामीले खेलेको भूमिका नै धमिलो हुने हो कि ? हाम्रा शहिदका परिवार, बेपत्ता भएका योद्धाहरुको परिवार, अपांग, घाइते सबैमा “हामीले जनयुद्धमा दिएको बलिदान खेर जाने हो कि ?” भन्ने प्रश्न नउब्जिएको पनि होइन । पार्टी झन्–झन् अराजकतातिर, बेथितितिर, समूहगत, व्यक्तिगत स्वार्थतिर लागिरहेको छ भन्ने प्रश्न जन्मिएका छन् । हामीले विस्तृत शान्ति–सम्झौता ग¥यौं, संविधान सभाको निर्वाचनको वातावरण बनाउने आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका खेल्यौं, संविधान जति पटक भए पनि संविधान बनाई छाड्ने संकल्प गरेका थियौं र बनायौं पनि । त्यस संविधानमा उत्पीडक, जाति, क्षेत्र, समुदायको पहिचान र अधिकार एक हदसम्म कायम गरायौं । हामीबाट केही त्रुटिहरु पनि भए, अलि उद्धारवादी त्रुटि, अलि सुधारवादी त्रुटिहरु भए । एउटा बिन्दुमा आइसकेपछि नेतृत्वको हैसियतले जनयुद्धदेखि गणतन्त्रको घोषणासम्म तपाईंहरुको निरन्तर साथ, सहयोग, विश्वासले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गराउने अवसर प्राप्त भएको बताए ।
प्रशिक्षण तथा बधाई कार्यक्रममा निर्वाचित पदाधिकारीलाई बधाई सहित स्थानिय जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न अध्यक्ष प्रचण्डले अपिल समेत गरे । समाजवादी क्रान्तिको पुर्व बेलामा छौं । क्रान्तिको तयारीको निम्ति, नयाँ अभियानको निम्ति यस्तो खालको भेला प्रशिक्षण आवश्यक रहेको बताए । पार्टीले रङ्ग बदल्दै जाने खतरा छ । जसरी जनयुद्धको छलफल ग¥यौं, हामी वामपन्थी तिर समाजतिर अघि बढिरहेको अध्यक्ष प्रचण्डले बताए । भ्रष्टाचारको विरुद्ध, सामाजिक न्याय र सुशासनको पक्षमा कार्य गर्न निर्देशन समेत दिए ।
कार्यक्रममा १३ वटा पालिका कमिटी, केन्द्रीय उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि प्रसाद सापकोटा, सूर्य मान दोङ लालध्वज, रुकु चौलागाईं, मिना तामाङ, बागमती प्रदेश सांसद रत्न ढकाल, नेकपा माओवादी जिल्ला समन्वय समिति संयोजक भोला अर्याल लगायतको बाक्लो उपस्थितिमा स्वागत मन्तव्य पार्टीका केन्द्रीय सदस्य तेज बहादुर मिजारले राखेका थिए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस