काभ्रे । तामाङ पत्रकार संघ काभ्रे शाखाको चौथौं अधिवेशनबाट अध्यक्षमा लोक बहादुर लामा सर्वसम्मत चयन भएका छन् ।
मंगलबार भएको शाखाको चौथो अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा जीवन तामाङ, सचिवमा अशोक बुद्ध लामा, सहसचिवमा विजय जिम्बा र कोषाध्यक्षमा लालध्वज तामाङ चयन भएका छन् भने सदस्यहरुमा सिर्जना तामाङ, विकेश तामाङ र विजय तामाङ चयन भएका छन् । १ जना भने पछि मनोनित गरिने बताइएकाे छ ।
संघका केन्द्रीय महासचिव तिर्थ वलले उद्घाटन गरेको अधिवेशनमा निवर्तमान अध्यक्ष अञ्जली तामाङले प्रतिवेदन पारित गरिएकाे थियाे ।
नवनिर्वाचित लामाले तामाङ पत्रकार संघ मेरो लागि मात्र होइन, समग्र तामाङ समुदायका लागि एक महत्त्वपूर्ण संस्था हो। यो संस्था हामी सबैको पहिचान र अधिकारको प्रतीक हो। म यस संस्थालाई अझ सशक्त बनाउन निरन्तर प्रयास गर्ने बताउँदै उनले तामाङ भाषामा पत्रकारितालाई प्रवर्द्धन गर्न, नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न, र समुदायका आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताए ।
त्यस्तै शाखाका नवनिर्वाचित उपाध्यक्षमा जीवन तामाङले तामाङ पत्रकार संघ तामाङ समुदायको पहिचान, संस्कृति, र मुद्दाहरूलाई उजागर गर्ने एक सशक्त स्थान भएको भन्दै यस संस्थालाई अझ मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाए ।