आज रेडक्रस काभ्रेको निर्वाचन, सभापतिमा देवेन्द्र र बिदुरको प्रतिस्पर्धा

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८१ कार्तिक ४, आईतबार (६ महिना अघि)
  • २९७ पटक पढिएको
आज रेडक्रस काभ्रेको निर्वाचन, सभापतिमा देवेन्द्र र बिदुरको प्रतिस्पर्धा

काभ्रे । आज हुने नेपाल रेडक्रस सोसाइटी काभ्रेको निर्वाचनमा सभापति पदमा देवेन्द्र प्रसाद भैल र विदुर प्रसाद घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला शाखा कार्यसमितिको अधिवेशनको लागि भैल र घिमिरेले उम्मेदवारी दिएका हुन् । त्यस्तै उपसभापतिमा ज्ञानबहादुर तामाङ र माधवप्रसाद हुमागाई, महिला उपसभापतिमा पुष्पा खड्का बस्नेत र पार्वती थापा, मन्त्रीमा राजु सिग्देल र हेमलाल तामाङ, उपमन्त्रीमा प्रदिप के.सी र रामकृष्ण श्रेष्ठ, उपकोषाध्यक्षमा विनोद प्रसाद कोइराला र झम्क प्रसाद गौतमको उम्मेदवारी रहेको छ ।
कोषाध्यक्षमा उम्मेदवारी दिएका विजयराम कर्माचार्यले फिर्ता लिएपछि प्रेमबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रामकुमार श्रेष्ठ, उपदेश भुजेल, माधवप्रसाद नेपाल, विलबहादुर श्रेष्ठ, दामोदर श्रेष्ठ, कृपेन्द्र श्रेष्ठ, जगन्नाथ गिरी, राजेशकुमार श्रेष्ठ, प्रशान्त महत, अनुज सापकोटा, कृष्णबहादुर श्रेष्ठ, प्रल्हाद शर्मा हुमागाई, गोकुल डोटेल, प्रेमबहादुर तामाङको उम्मेदवारी परेको छ भने ३ जना महिला सदस्य पदको लागि सजिना श्रेष्ठ, भवानी के.सी. र शान्ती खत्रीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस