एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि बनेपा नालाको लिंकनमा अध्ययनरत स्मृति ४ जिपिए ल्याएर जिल्ला प्रथम भएकी छन्। उनी जिल्लाकै एक्लि ४ जिपिए ल्याउने विद्यार्थी हुन् र देशभरका १ सय ८६ जनामा पर्नेछिन्।
जिल्लामा ९० र सो भन्दा माथि अंक ल्याउने स्मृति मात्रै हुन्। ८०-९० प्रतिशत अंक ल्याउने ३ सय ९५ जना छन्, जसलाई अत्युत्तम मानिन्छ। ७०-८० प्रतिशत अंक ल्याउने १ हजार १ सय ५९ जना उत्कृष्टमा, ६०-७० प्रतिशत अंक ल्याउने १ हजार २ सय ६६ जना उत्तममा छन्।
५०-६० प्रतिशत अंक ल्याउने ६ सय ८० जना सन्तोषजनकमा र ४०-५० प्रतिशत अंक ल्याउने ४९ जना ग्राहामा छन्। ३५-४० प्रतिशत अंक ल्याउने कोही छैनन्, र ३५ भन्दा कम अंक ल्याउने २ हजार २ सय १ जना नन ग्रेडिङमा परेका छन ।
काभ्रेपलाञ्चोक जिल्लाका ५ हजार ७ सय ५१ विद्यार्थी नियमित परीक्षामा सहभागि भएका थिए। परीक्षा दिने विद्यार्थीहरुमा बहिरा विद्यालयबाट ११ जना थिए र ३४ विद्यालयबाट १० भन्दा कम विद्यार्थी थिए। शिक्षा समन्वय इकाई धुलिखेलकी प्रमुख उप सचिव देवका ढकालले यस तथ्यांकलाई सार्वजनिक गरेकी हुन्।