शिक्षक आन्दोलन चर्किँदै, तेमालका प्रधानाध्यापक मैनाली घाइते

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ बैशाख १४, आईतबार (१३ घण्टा अघि)
  • ११० पटक पढिएको
शिक्षक आन्दोलन चर्किँदै, तेमालका प्रधानाध्यापक मैनाली घाइते

काठमाडौ । राजधानीमा भइरहेको शिक्षकहरुकाे आन्दोलनमा काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त  मैनाली घाइते भएका छन् ।
सरकारले शिक्षक आन्दोलनमा हस्तक्षप गरेको छ। बानेश्वरमा शिक्षक आन्दोलन उग्र हुँदै जाँदा प्रहरीले पानीका फाहाेरा हान्नुका साथै लाठी प्रहार गरेको हो ।
निषेधित क्षेत्र ताेडने क्रममा आन्दोलनकारीहरुले प्रहरीको बेरियर  माथि चढेका थिए ।  प्रहरीले लाठी प्रहार गर्दा  स्वयंसेवक भूमिकामा रहेका मैनाली घाइते भएको नेपाल शिक्षक महासंघ तेमालका अध्यक्ष कुवाङ्चु दाेङ लामाले जानकारी दिए ।
प्रहरीले लाठीचार्ज गर्दा घाइतेको टाउकाे ,आँखाकाे भाग, हात र घुँडामा चाेट लागेकाे छ । घाइते भएका मैनालीलाई उपचारको लागि सिभिल अस्पतालमा पठाइएको अध्यक्ष लामाले जानकारी दिएका छन्।
सरकार र शिक्षक महासंघका प्रतिनिधी बीच भएको विभिन्न चरणकाे वार्ताले मुर्तरुप नपाँउदा शिक्षक आन्दोलन झन् चर्कदै गइरहेको छ। आन्दोलनकारीहरुले निषेधित क्षेत्र ताेड्ने प्रयास गरेपछि बल प्रयाेग गर्नु परेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस