काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पुरानो विद्यालय मानिएको डेडीथुम्का माध्यमिक विद्यालयले पूर्वविद्यार्थीहरुको सम्मेलन हुने भएको छ ।
डेडीथुम्का फाउण्डेसन कार्य समितिको निर्णयानुसार आगामी जेठ १५ गते यस विद्यालयमा अध्ययन गरेका “पूर्वविद्यार्थी सम्मेलन” गर्न लागिएको हो । सम्मेलनका लागि मूल आयोजक समिति तथा उपसमितिहरू गठन गरिएको प्रवक्ता बलराम सापकोटाले जानकारी दिए ।
२०३८ सालदेखि ०८१ सालसम्म डेडीथुम्का माविमा अध्ययन गरेका विद्यार्थीलाई सम्मेलनमा सहभागी गराउने लक्ष्य लिएको फाउण्डेसनले जनाएको छ । आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसका दिन मण्डनदेउपुर नगरपालिकाको सभाहलमा पूर्वविद्यार्थीहरुको सम्मेलन गर्ने निर्णय भएको फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिए । फाउण्डेशनको आयोजनामा हुन लागेको पूर्वविद्यार्थी सम्मेलन र अग्रज सम्मान कार्यक्रमका लागि शिक्षासेवी कश्यपप्रसाद पौडेल संयोजक रहेको सम्मेलन समारोह मूल आयोजक समितिको गठन गरिएको छ ।
समितिको सदस्य सचिवमा राजन पराजुली, प्रवक्ताको जिम्मेवारी बलराम सापकोटालाई दिइएको छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ, प्रधानाध्यापक शिव पौडेल, क्याम्पस प्रमुख रामहरि खड्का, गोकुल गौतम, टोमप्रसाद सापकोटा, मिराकुमारी नेपाल सापकोटा, कृष्णकुमार श्रेष्ठ, रुक्मणी बरायली, मैया पौडेल लगायत समितिमा रहेका छन् ।
त्यसैगरी प्रचारप्रसार समितिको जिम्मेवारी पत्रकार यदुनाथ गौतम, केशवराज पौडेल, नवराज बजगाईं, होमप्रसाद चौलागाईं, राम पौडेल, ज्ञानमणि नेपाल कालोटोपी, प्रविन ढकाल, रोशन पौडेल र प्रदिप सापकोटा रहेका छन् भने सम्मान समितिको संयोजकको जिम्मेवारी झलकप्रसाद पौडेल र कार्यपत्र लेखन समितिको जिम्मेवारी गोकुल गौतमलाई प्रदान गरिएको छ ।