यात्रुबस दुर्घटनामा ११ जना घाईते

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ चैत्र २८, बिहिबार (२ हप्ता अघि)
  • १२० पटक पढिएको
यात्रुबस दुर्घटनामा ११ जना घाईते

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ९ दाउने स्थित बि.पि. राजमार्ग सडक खण्डमा काठमाण्डौबाट रामेछाप तर्फ जाँदै गरेको  प्रदेश ३-०१- ००६ ख १३३९ नं. को यात्रुबाहक बस ब्रेक फेल भई दुर्घटना भएको छ ।


ईलाका प्रहरी कार्यालय मंगलटारका अनुसार पानी परेको कारण ब्रेक नलागि चिप्लन गई खाँदबारी बाट काठमाडौं  तर्फ जाँदै गरेको मे.१ ख ३३९४ नं. को हाईस गाडीलाई ठक्कर दिई सडकबाट अन्दाजी २० मिटर तल खस्न गई सवारी दुर्घटना हुँदा बसमा सवार १५ जना मध्ये ११ जना घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाईएको प्र.स.नि. पुस्कर श्रेष्ठले बताएका छन् ।
दुर्घटनामा परी घाइते हुनेहरूमा सोलु जिल्ला लिखुपिके गाउँपालिका ३ बस्ने बर्ष ७३ की सुन्तली बि.क.को टाउकोमा गम्भीर चोट लागेको बताएको छ । त्यस्तै सोही गाउँपालिका बस्ने बर्ष ७० को छत्र ब. बि.क., रामेछाप जिल्ला मन्थली नगरपालिका ९ बस्ने बर्ष अन्दाजी ३४ को रामशरण बि.क., काभ्रे जिल्ला बनेपा नगरपालिका १३ बस्ने बर्ष ३३ कि सिता श्रेष्ठ, रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका १ बस्ने बर्ष अन्दाजी २७ को पुजन श्रेष्ठ, काठमाडौं जिल्ला नागार्जुन नगरपालिका ९ बस्ने बर्ष अन्दाजी ३५ को कुमुद देबकोटा, भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ४ बस्ने बर्ष ६२ को जनक बुढाथोकी, रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका ५ बस्ने बर्ष ३५ को पदम सुनुवार, रामेछाप जिल्ला बाम्तिभण्डार बस्ने बर्ष ५० को ङावा सेर्पा, निजको छोरा बर्ष १० को ङिमा सेर्पा र गोकुलगंगा गाउँपालिका ३ बस्ने बर्ष २० कि सुजता सुनुवार घाइते भएको ईलाका प्रहरी मंगलटारले जानकारी दिएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस