काठमाडौंमा राजावादीको अराजकता, कर्फ्यु लागेसँगै काभ्रेको नाकामा सवारी रोक

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ चैत्र १५, शुक्रबार (४ हप्ता अघि)
  • १४९ पटक पढिएको
काठमाडौंमा राजावादीको अराजकता, कर्फ्यु लागेसँगै काभ्रेको नाकामा सवारी रोक

काभ्रे । राजावादी समूहको अराजकतापछि काठमाडौंको अवस्था तनावग्रस्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने आसपासमा कर्फ्यु जारी भएसँगै काभ्रेबाट उपत्यका प्रवेश गर्ने सवारी साधन नाकामै रोकिएको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेकि प्रमुख बसुन्धरा खड्काका अनुसार काठमाडौंको अवस्था तनावग्रस्त भएपछि यात्रुहरुलाई हुने असहजतालाई मध्यनजर गर्दै जिल्लास्थित सीमा नाकाबाट सवारीहरु पास गर्न रोकिएको हो ।
जिल्लास्थित उपत्यका जोड्ने सीमा नाका साँगा, नालामा सवारी रोकिएको छ भने बीपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने सवारीहरुलाई काभ्रेभञ्ज्याङमा सवारी रोकिएको र काठमाडौंको अवस्था सामान्य हुनेबित्तिकै सवारी सञ्चालन गरिने खड्काले जानकारी दिइन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस