खानीखोला गाउँपालिका वडा नं. १ मा ६५ घरधुरीलाई खानेपानी वितरण

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ चैत्र १४, बिहिबार (४ हप्ता अघि)
  • १७६ पटक पढिएको
खानीखोला गाउँपालिका वडा नं. १ मा ६५ घरधुरीलाई खानेपानी वितरण

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा नं. १ धार्नेमा नेवा खानेपानी संस्था र खानीखोला गाउँपालिकाको साझेदारीमा ६५ घर घुरीका लागि जगाते –धार्ने–खवासे खानेपानी तथा सरसफाइ योजनाको गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा उद्घाटन गरेको छन् ।
खानीखोला गाउँपालिका र नेवा खानेपानी संस्थाको साझेदारी जगाते–घार्ने खवासे खानेपानी आयोजना ६५ घरधुरीका लागि एक घर एक धारा पूर्ण स्वच्छ खानेपानी वितरण खानीखोलाको अभियान भएकोले गाउँपालिकाले उपयुक्त खानेपानीको मुहान अनुरुप बस्ती टोल टोलमा पु¥याई आवश्यक काम सम्पन्न गरी खानेपानी वितरण गरेको अध्यक्ष थिङ्ले जानकारी दिए ।
यो खानेपानी आयोजनले स्थानीय तह गाउँबस्तीका लागि अति आवश्यक र यो खानेपानी सञ्चालन भए पछि स्थानीय जनतालाई पानीको आवश्यक नपर्ने र पानी आवश्यक अनुसार सञ्चालनमा ल्याई यस खानेपानीलाई निरन्तरता दिँदै पूर्ण दिगोपनसँगै लाभ लिने थिङ्ले विश्वास व्यक्त गरे ।
जनताको माग र आवश्यकता आफ्नो प्रतिबद्धता पूरा गर्ने समुदायको टोल बस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात लगाएत पुर्ण आयोजनहरुको निर्वाचित भए पश्चात् सफलता पाएको भनाई व्यक्त गरे । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातमा निकै सुधारात्मक भएको र अझै उच्च सफलतासंगै नमूना पालिका बनाउनेमा पालिका बनाउनेमा लागि परेको बताए ।
त्यसैगरी वडा नं. २ फलामेटारमा जिल्ला कृषि विकास कार्यालय, गाउँपालिका, समुदायको साझेदारीमा कृषकहरुलाई अनुदान स्वरुप कृषि सामाग्री वितरण गरेको छन् । एक वडा एक कफि उत्पादन (कफि वाली) अन्तर्गत काभ्रे जिल्ला कृषि बिकास कार्यलय ६०% गाउँपालिका २०% र समुदाय २०% गरि ३ वटा कफि मिसिन, १५ वटा मिनि टेलर,४० वटा इस्प्रे पम्प, गोडेन पाईप, हजार केजि कृषि चुन, आठ मेट्रीक टन अनुदान स्वरुप गाउँपालिकाको प्रमुख थिङ र जिल्ला कृषि बिकास कार्यलय काभ्रेका कुल प्रसाद दवाडीको उपस्थितिमा सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु जनप्रतिनिधिहरु स्थानीय, बुद्धिजीवी, युवा, व्यवसायी, कृषकहरुको उपस्थितिमा कार्यक्रम तथा कृषि सामाग्री वितरण सम्पन्न भएको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस