काभ्रे । नेपाली लेखक संघ काभ्रेको हालै सम्पन्न चौथो अधिवेशनबाट लेखक ध्रुबकृष्ण ताम्राकारको अध्यक्षतामा नयाँ कार्यकारिणी समिति गठन भएको छ ।
नेपाली लेखक संघ काभ्रेका अन्य पदाधिकारीहरूमा सिद्धिबहादुर कर्माचार्य उपाध्यक्ष, शम्भुलाल श्रेष्ठ सचिव, गीता तिमल्सिना कोषाध्यक्ष, हर्षनारायण कर्माचार्य सह सचिव, सदस्यहरूमा दियेशरत्न शाक्य, पूर्णमाया कर्माचार्य, समीर खडका र डा. गोपाल पौड्याल मण्डने चयन भएका छन् ।