बागमती प्रदेशको दुर्गम पालिका जोड्ने दोभान पुल निर्माण प्राथमिकतामा छः मुख्यमन्त्री लामा

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ फागुन २२, बिहिबार (१ महिना अघि)
  • १७८ पटक पढिएको
बागमती प्रदेशको दुर्गम पालिका जोड्ने दोभान पुल निर्माण प्राथमिकतामा छः मुख्यमन्त्री लामा

काभ्रे । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने बागमती प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीले प्रतिवद्धता जनाएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले दुर्गम पालिका जोड्ने बागमती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।
८ वर्ष अगाडि नै जिल्ला विकास समिति मकवानपुरबाट महाविर/शिखर/तामाकोशी जेभीले ठेक्का पाएको बागमती नदीको सिक्रे दोभान पुल ठेक्का भए पनि हालसम्म निर्माण पूरा नभई अलपत्र परेको भन्दै ध्यानाकर्षण गराउन पुगेका जनप्रतिनिधिहरूलाई यस पुललाई चाँडो सम्पन्न हुने गरि प्रक्रिया अघि बढाउन मुख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई निर्देशन दिएका थिए । मुख्यमन्त्री लामाले विपदका कारण त्यस क्षेत्रमा भएको सडक सञ्जाल र अन्य पुलको समेत निर्माणमा तदारुकता दिने बताए ।


मन्त्री मास्केले आफुले प्रदेशका रूग्ण योजना पहिचान गरि निमार्णमा गति दिने काम गरिरहेको बताउँदै बागमती नदीको सिक्रे दोभान पुलको कामलाई पनि अघि बढाउने बताए । रूग्ण योजनामध्ये २९ वटालाई गति दिएको र ३ वटा सम्पन्न भएको उदाहरण प्रस्तुत गर्दै मन्त्री मास्केले बागमती नदीको सिक्रे दोभान पुलको निरीक्षणका लागि आफैं फिल्डमा पुग्ने र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिहरूले गत असोज ११ र १२ गतेको बाढिका कारण रोशी र महाभारत जोड्ने एकमात्र थान्सिङबेसी पुल बगाई क्षति पुगेकाले निर्माणका लागि यथाशिघ्र सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै बागमती प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधिन जनमुक्ति मार्ग अन्तर्गत हात्तिसार सिक्रे दोभान खण्ड (७ सय मिटर) गत असोज ११ र १२ गतेको बाढिले क्षतिग्रस्त भएकाले पुर्ननिर्माणका लागि अनुरोध गर्दै तिनखुट्टे देवीटार (८.७ किमि) खण्ड २०७७ सालमा ठेक्का सम्झौता भई समयावधी पटक पटक थप गर्दा समेत ६० प्रतिशत पनि कार्य प्रगति नहुनुका साथै खानी खोला र पार्वती खोला पुलमा समेत सोही समस्या रहेकाले उक्त आयोजनाहरु यथाशीघ्र सम्पन्न गर्नका लागि समेत मुख्यमन्त्री र भौतिक मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस