उपाध्यक्ष तामाङको नेतृत्वमा निर्माणाधीन योजानाहरुको स्थलगत अनुगमन

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ फागुन २०, मंगलबार (१ महिना अघि)
  • १६० पटक पढिएको
उपाध्यक्ष तामाङको नेतृत्वमा निर्माणाधीन योजानाहरुको स्थलगत अनुगमन

काभ्रे । भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ । गाँउपालिकाले वडा नं. १,२,३ मा संचालित गाउँपालिका स्तरीय, प्रदेशगत एवम संघीय विकास निर्माणका निमाणाधीन योजानाहरुको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङको नेतृत्वमा स्थलगत अनुगमन गरेको हो ।


सम्बन्धित क्षेत्रका वडा अध्यक्ष,संयोजकहरु, प्राविधिक तथा ईन्जिनियरहरुको उपस्थितिमा वडाहरुमा निमाणाधीन खानेपानी, सिढि, पुल, बाटो, स्कुल तथा अन्य योजनाहरुको अनुगमन गरिएका हो । उपभोक्ता समितीहरुबाट सम्पन्न भएका र निमाणाधीन विभिन्न योजानाहरुको प्रभावकारिता जाँच्नका लागि अनुगमन गरिएको हो । गाउँपालिकाले योसँगै अन्य वडामा पनि अनुगमनलाई निरन्तरता दिने क्रम जारी रहेको उपाध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिनुभयो।
गाउँपालिका भित्र भैरहेको विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन आफू अनुगमनमा निस्किएको तामाङले बताउनुभयो । अनुगमनका क्रममा देखिएका त्रुटिहरु सुधार गर्न निर्देशन पनि दिइएको उपाध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिनुभयो । निमाणाधीन योजानाहरुको स्थलगत अनुगमनमा गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्री, पुर्वाधार बिकास शाखा प्रमुख इन्जिनियर लाल सिंङ बि क , प्रबिधिक बालकृष्ण खडका लगायत अनुगमन लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस