काभ्रे । आदिवासी जनजाति युवा महासंघ नेपाल बागमती प्रदेशको अधिवेशन सम्पन्न भएको छ, अध्यक्षमा जिबन वाईबा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न दोश्रो प्रदेश भेलाले वाईबालाई सर्वसम्मत चयन गरेको हो ।
वाईबाको नेतृत्वमा १४ जना कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्ष बिमला हायु, सुनिता आले मगर, सिजन शाक्य, सचिवमा शुमित्र मोक्तान, सह–सचिवमा पेमा खाण्डु शेर्पा, पाल्देन लामा, कोषाध्यक्षमा बिष्णु माया लामा, सह कोषाध्यक्ष मन्जु लोप्चन, सदस्यहरुमा कृस मान तामाङ, सञ्जय मोक्तान, सन्तोष कुमार गुरुङ ,माया गुरुङ राज तामाङ चयन भएका छन् ।
आदिवासी जनजाति युवा महासंघ नेपालको बागमती प्रदेशको अध्यक्ष विलाम मुक्तानको सभाध्यक्षतामा भएको भेलामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता रहेको भेलामा विशिष्ट अतिथि आदिवासी जनजाति महांघका उपमहासचिव रामकृष्ण ल्बोन तामाङ, नेपाल तामाङ घेदुङ्को अध्यक्ष मोहन कुमार गोले, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी सदस्य सेतेमान तामाङ आदिवासी जनजाति युवा नेपालको महासचिव किरण श्रेष्ठ, उपमहासचिव राकेश गुरुङ, सचिव घम्ब घिसिङ (मिलन) आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक कार्यवाहक अध्यक्ष फुर्वा ग्याल्बो मोक्तान युवा महासंघ केन्द्रीय सदस्य सुप्रिया राई लगायतको विभिन्न संघ संस्थाहरुको आथित्यता रहेको थियो । दोस्रो प्रदेश अधिबेशनमा बागमती प्रदेशको १३ जिल्लाका प्रतिनिधित्व रहेकोमा दोलखा जिल्ला र चितवन जिल्लाको प्रतिनिधि भने थिएन ।