बेलरमा डेन्टल रुट्सको निःशुल्क दन्त शिविर

३ सय ७० विद्यार्थी लाभान्वित
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ माघ २९, मंगलबार (२ महिना अघि)
  • १७४ पटक पढिएको
बेलरमा डेन्टल रुट्सको निःशुल्क दन्त शिविर

काभ्रे । बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीमा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत वानेश्वरमा रहेको डेन्टल रुट्स अस्पतालबाट शिविरको आयोजना गरिएको हो । शिविरमा विद्यालयका ९ देखि १२ सम्मका ३ सय ७० जना विद्यार्थीहरुले शिविरको लाभ उठाएसँग स्वास्थ्य जाँच समेत गराएको विद्यालयकी प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् ।
स्वास्थ्य परीक्षण गरेकामध्ये धेरैमा दाँतको समस्या देखिएको डेन्टल रुट्सकी सञ्चालिका डा. बिन्दु थापा आचार्यले जानकारी दिइन् । धेरै विद्यार्थीहरुमा आफ्नो दाँतको सुरक्षा कसरी गर्ने भन्ने बारे ज्ञान कम भएको पाइएको डा. आचार्यले शिविरको अवसरमा बताइन् ।
शिविरमा डेन्टल रुट्सका डा. ग्रेस जोशी, प्राविधिकहरु आकृति रेग्मी, मनिता थापा, लिलामणि सुनुवार लगायतको भूमिका रहेको थियो । दन्त शिविरमा परीक्षण गरिएका बिरामीहरुलाई अस्पताल जाँदा सबै सेवाहरुमा २० प्रतिशत छुट दिने अस्पतालले जानकारी दिएको छ । सो अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने डाक्टर लगायत प्राविधिक टोलीलाई विद्यालयले सम्मान समेत गरेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस