प्रेस चौतारी नेपाल काभ्रेको आठौं जिल्ला अधिवेशन सम्पन्न

केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • २१३ पटक पढिएको
प्रेस चौतारी नेपाल काभ्रेको आठौं जिल्ला अधिवेशन सम्पन्न

काभ्रे । प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवस एवं आठौँ जिल्ला अधिवेशनको मङ्गलवार बनेपामा उद्घाटन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य, पूर्व सूचना सञ्चार तथा प्रविधि मन्त्री साथै संघिय सांसद एवं प्रमुख अतिथि गोकुल बाँस्कोटाले प्रेस चौतारी नेपाल वैज्ञानिक समाजवादी धारको रुपमा गठन भएको बताए ।
उद्घाटन कार्यक्रममा सांसद बाँस्कोटाले जव नेपालमा प्रेसको सुरुवात भयो सो समयमा विकुल फुक्नेको लागि समेत चौतारो आवश्यक हुन्थ्यो सोही अनुसार प्रेस चौतारी नेपाल नामकरण गरिएको बताए । समानुपातिक ढङ्गको विज्ञापन लागू गर्न सकियो भने मिडियाहरू बच्छन् र निष्पक्ष समाचार लेख्न सक्ने बताए ।
प्रेस चौतारी नेपाल काभ्रे शाखाका अध्यक्ष भुवन रायमाझीको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा नेकपा एमाले काभ्रे अध्यक्ष राजन भुर्तेल, प्रेस चौतारी नेपालका केन्द्रीय पूर्व उपाध्यक्ष विष्णुमणि सुवेदी, प्रेस चौतारी नेपाल बागमती प्रदेश इन्चार्ज विष्णु तारुखे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईं, प्रेस चौतारी नेपाल काभ्रे शाखाका इञ्चार्ज श्याम सापकोटा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष राम प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रममा प्रेस चौतारी नेपाललाई सहयोग गर्ने विभिन्न संघ संस्था एवं व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने हालै सम्पन्न नेपाल पत्रकार महासंघ काभ्रे शाखाको निर्वाचनमा निर्वाचित हुनेहरुलाई समेत सम्मान गरिएको थियो ।
प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । जसको अध्यक्षमा केदार तिमल्सिना, उपाध्यक्षमा सन्तोष चौलागाईं, महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सहसचिवमा रञ्जित बोहरा, सहसचिव समावेशीमा बुद्धकुमार श्रेष्ठ (रोहित), कोषाध्यक्षमा मणिराम दाहाल र सदस्यहरूमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल (घायल योद्धा), लोकबहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं निर्विरोध निर्वाचित भएका छन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस