सामुदायिक साकोसको ३१ औं स्थापना तथा एकीकरण दिवस

सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • १६२ पटक पढिएको
सामुदायिक साकोसको ३१ औं स्थापना तथा एकीकरण दिवस
काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती–४, टौखालको ३१ औं स्थापना तथा एकीकरण दिवस संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षता एवं पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता र उपप्रमुख गिता बन्जाराको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थाका सचिव सरोजकुमार तिमल्सेनाले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष भवानी थापाले ३१ औं स्थापना तथा एकीकरण दिवस हर्सोल्लासका साथ मनाउन पाउनु हामी सबैको लागि गौरवको विषय भएको विचार व्यक्त गर्दै संस्थाको तर्फबाट स्वागत गरेका छन् ।
  प्रमुख अतिथि नगर प्रमुख भण्डारीले नगरकै नमुना सहकारीको रुपमा रहेको उल्लेख गर्दै यस संस्थाले एकीकरण अभियानसँगै सदस्य सेवा र सहकारी सेवालाई उत्कृष्ट पार्दै सहकारीहरुको सिकाईको केन्द्रको रुपमा स्थापित हुन र सहकारीका सिद्धान्त र नीतिलाई पालना गर्दै उत्कृष्ट सहकारीको रुपमा पहिचान कायम राख्न सफल रहोस भन्दै नवनिर्वाचित अध्यक्षको नेतृत्वको सञ्चालक समिति र लेखा समितिको कार्यकाल सफलता सहितको शुभकामना व्यक्त गरेका छन् ।
पनौती नगरपालिका वडा नंं ४ का अध्यक्ष दिपक प्रसाद दाहालले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई अब्बल सावित गर्न सफल यस संस्था सधैं दिगो र सुरक्षित संस्थाको रुपमा कायम रहन सकोस भन्ने शुभकामना सहित मन्तव्य राखेका छन् ।
बागमती प्रदेश सहकारी संघ लि. का सचिव देवराज न्यौपानेले प्रदेश भित्रको उत्कृष्ट संस्थाको रुपमा आफुलाई उभ्याउन सफल रहेकोमा बधाई दिँदै एकीकरण अभियानलाई सफलिभूत पार्न पनि संस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाल आएको अध्यादेशका विषयमा समेत चर्चा गरेका छन् ।
जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले प्रदेशकै ठूलो र उत्कृष्ट सहकारीको रुपमा स्थापित हुन सफल संस्थाले सदस्य सेवा र सहकारी सेवालाई उत्कृष्ट पार्दै लगेको उल्लेख गर्दै सहकारीका ऐन र नियम र आन्तरिक सुशासनलाई पूर्ण पालना गर्दै उत्कृष्ट सहकारीको पहिचान कायम राख्न सफल रहोस भन्दै नवनिर्वाचित अध्यक्षको नेतृत्वको सञ्चालक समिति र लेखा समितिको कार्यकाल सफता सहितको शुभकामना सहितको मन्तव्य राखेका छन् ।
नेपाल रेडक्रस सोसाईटी काभ्रेका उप सभापति ज्ञान बहादुर लामाले हरेक परिस्थितिमा आफुलाई उत्कृष्ट र सुरुवातको संस्थाको रुपमा स्थापित गर्न सफल संस्थाले निःशुल्क रगतको सम्झौताको सुरुवात गरेसँगै सदस्य र समुदायप्रति पूर्ण प्रतिवद्ध रहेको सदस्यमैत्री सेवामा सधैं अग्रणी रहेको प्रमाणित गरेको उल्लेख गर्दै  सधैं सर्वोत्कृष्ट संस्थाको रुपमा रहन सफल रहोस् भन्ने कामना व्यक्त गरेका छन् ।
संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठले स्थापनादेखि नै समुदाय केन्द्रित कार्यमा अग्रणी रहेको स्मरण गराउँदै उत्कृष्ट सञ्चालकहरुको नेतृत्व रहेको यो संस्था सहकारी अभियानको अभियान्ताको रुपमा अग्रणी भुमिकामा रहेर कार्य गरिरहेको चर्चा गर्दै संस्था उत्कृष्ट व्यक्तिहरुको शुरुवाती संस्थाको रुपमा रहेकोमा गौरवान्वित महशुस भएको उल्लेख गर्दै सुशासन कायम राखि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
  संस्थाका निवर्तमान अध्यक्ष प्रकाश बन्जाराले ३१औं स्थापना दिवस तथा एकीकरण दिवसको रुपमा मनाइरहँदा गौरवको महशुस भएको उल्लेख गर्दै संस्थापक सदस्यहरुको सुरुवातले नै आजको दिन सम्भव भएको उल्लेख गर्दै उहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्दै संस्थागत विकासक्रमलाई स्मरण गर्नुहुँदै अबको अभियान संस्थागत सुदृढिकरणलाई प्राथमिकतामा राखि सदस्यहरुलाई संस्थाका वस्तु तथा सेवाको जानकारी गराउँदै संस्थागत विकासमा लाग्नुपर्ने यसकार्यमा सधैं साथ र हातेमालो रहने प्रतिवद्धताका साथ मन्तव्य राखेका छन् ।
कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लि., बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि., जिल्ला सहकारी संघ लि. काभ्रे, नेपाल रेडक्रस सोसाईटी, पत्रकार महासंघ, काभ्रेपलाञ्चोकको नवनिर्वाचित अध्यक्ष लगायत सञ्चालक समितिहरुलाई कार्यकाल सफलतको शुभकामना सहित सम्मान गरिएको थियो ।
संस्थाको प्रतिनिधित्व गरी बागमती प्रदेश सहकारी संघको कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा संस्थाका सल्लाहाकार शम्भुलाल श्रेष्ठ, जिल्ला बचत संघ, काभ्रेपलाञ्चोकको सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा संस्थाका निवर्तमान अध्यक्ष प्रकाश बञ्जारा र संस्थाका पूर्व कर्मचारी सुरेश थापा राष्ट्रिय सहकारी महासंघको महाप्रवन्धक पदमा नियुक्त भएकोमा सम्मान गरिएको थियो ।
स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालय तथा निजि विद्यालयतर्फ आवेदन प्राप्त भएका मध्ये उत्कृष्ट अंक हासिल गर्ने संस्थाका सदस्य तथा परिवार मध्येबाट  छात्र तथा छात्रा गरी ४ जनालाई उत्कृष्ट एस.ई.ई. सम्मान, ३ जनालाई सामुदायिक छात्रवृत्ती, ८० वर्ष भन्दा माथिका ३५ जना ज्येष्ठ सदस्यहरुको सम्मान, साथै संस्थाका उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट बचतकर्ता सदस्यहरु र उत्कृष्ट ऋणी सदस्यहरुलाई  सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
संस्थगत विकास तथा विस्तारमा योगदान गरेका संस्थाका पुर्व संचालकहरुलाई संस्थामा गर्नुभएको योगदानको उच्च कदरका साथ आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा सहित सम्मान गरिएको कार्यक्रममा वर्षको उत्कृष्ट कर्मचारीको रुपमा युवाज्योती सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधी सुजना तामाङ र उत्कृष्ट सेवा केन्द्रको रुपमा कुन्तावेशी सेवाकेन्द्र पुरस्कृत भएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको स्थापनाकालदेखि हालसम्मको अवस्था, स्थापनाको आवश्यकता र उद्देश्य लगायत विकास र सेवा विस्तारको विषयमा प्रकाश पार्दै ३१औं स्थापना दिवस मनाउँदै गर्दा संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर सिन्धुली जिल्ला सहित ६ जिल्ला भित्रका संस्थामा आवद्ध रहेर प्रत्यक्ष रुपमा सेवा प्राप्त गरिरहनु भएका  ६० हजार ३ सय भन्दा बढि शेयर सदस्यहरु र कारोबार अंक ६ अर्ब २४ करोड, कर्मचारी १३४ जना, मुख्य कार्यालय बाहेक १८ वटा सेवाकेन्द्रहरु मार्फत सहकारी वित्तीय सेवाका साथै गैर वित्तीय सेवाहरु समेत प्रदान गर्दै आएको जानकारी गराउँदै समयसापेक्ष प्रविधिमैत्री सेवा अन्तर्गत सामुदायिक स्मार्ट बैंकिङ, सेवा, एटिएम, क्यू आर पेमेन्ट साथै कनेक्ट आइपिएस मार्फत रकम ट्रान्सफर लगायतका सेवाहरु सदस्यहरुलाई उपलब्ध गराउँदै आएको जानकारी गराउँदै सदस्यमैत्री सेवाहरु अन्तर्गत जन्मदेखि मृत्यूसम्मका सुत्केरी भेटघाट, सदस्य स्वास्थ्य राहत, घातक रोग उपाचार राहतदेखि सदस्य तथा पारिवारिक समवेदना राहत समेतको राहतका कार्यक्रम, सम्मान तथा पुरस्कार लगायत सामाजिक कार्यहरु समेत सञ्चालन गरिरहेको यस संस्था १८ ओटा सहकारी संस्थाहरु एकीकरण भई यस अवस्थामा आइपुगेको जानकारी गराएका थिए ।
कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष मुकुन्द शर्मा वाग्लेले संस्थाले सदस्यमैत्री सेवा उपलब्ध गराउने क्रममा ३१औं स्थापना तथा एकीकरण दिवसको दिनबाट नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार शाखासँगको सहकार्यमा संस्थाका शेयर सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सुरुवात गरिएको जानकारी गराउँदै सम्झौता अनुसार सदस्यहरुले संस्थाको सिफारिसमा निःशुल्क प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो । संस्थाका संस्थापकहरुले संस्था स्थापना गरी सुरुवाती जग बसालिदिनु भएकोले नै आजको अवस्थामा पु¥याउन सकिएकोमा संस्थापक सदस्यहरुप्रति हार्दिक सम्मान प्रकट गरेका थियो । उनले विभिन्न विधामा सम्मानित हुनेहरुलाई बधाई ज्ञापन गर्दै सम्मान तथा पुरस्कारले उत्कृष्टताको लागि अझै उर्जा थप गर्न सफल रहोस भन्ने कामना समेत व्यक्त गरेका थिए । संस्थाले सुशासन प्रति प्रतिवद्ध रहि दिगो र सुरक्षित रुपमा सेवा दिनेमा विश्वस्त रहन आग्रह गरेका थिए । संस्थागत विकासका लागि र सदस्यको हितका लागि नीति र विधि अनुरुप सवल र सुरक्षित संस्थाको रुपमा परिचय कायम राखि सहकारी अभियानलाई पूर्ण जिम्मेवारीका साथ पुरा गर्ने प्रतिवद्धताका उपस्थित सवैमा हार्दिक आभार व्यक्त गर्दै सभा समापन गरेका थिए ।
कार्यक्रममा पनौती न.पा. ४ का वडा अध्यक्ष, छाता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत पत्रकार महासंघका अध्यक्ष लगायत पत्रकारहरु, नेपाल रेडक्रस सोसाइटीका उप सभापति र सञ्चालक समिति सदस्यहरु, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरु लगायत विषयगत उप समिति र सेवाकेन्द्र व्यवस्थापन उप–समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । संस्थाले ३१ औं स्थापना तथा एकीकरण दिवसको अवसरमा १९ वटै कार्यालयमा द्विप प्रज्वलन गरेको थियो भने पनौती सेवाकेन्द्रले पनौतीको ईन्द्रेश्वर मन्दिर प्रांगणमा सरसफाई गरी दीप प्रज्वलन गरेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस