काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका वडा नं. १ थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सामुदायिक वनको भिरमा लागेको आगो प्रहरीचौकी फलामेटारका प्र.स.नि. राम सागर महत्तोको कमाण्डमा ४ जनाको टोलीले आगो निभाउने पहल भइरहेको जनाएको छ । प्रहरीका अनुसार आगो गाउँबस्तीबाट अन्दाजी ४ कि.मि. उत्तर टाढा पर्ने र हाल सम्म मानविय तथा चौपाय क्षति नभएको जनाएको छ ।