जिल्ला समन्वय समितिको पहलमा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ माघ ८, मंगलबार (३ महिना अघि)
  • १७८ पटक पढिएको
जिल्ला समन्वय समितिको पहलमा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा आगामी चैत १४ देखि १८ सम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले बताए ।
गौतमका अनुसार नेपालको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी जिल्ला समन्वय समिति काभ्रेको पहलमा अघि बढिरहेको बताए । धुलिखेलमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा गौतमले सम्बोधनका क्रममा सम्मेलनको उद्घाटन १४ गते काठमाडौं विश्वविद्यालय परिसरमा हुने जनाएका छन् । कार्यक्रममा एक लाख भन्दा बढी व्यक्तिको उपस्थिति रहने विश्वास व्यक्त गर्दै उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने तयारी गरिएको अन्तरक्रिया कार्यक्रममा जानकारी दिए ।
प्रमुख गौतमले सम्मेलनको अवधिमा विभिन्न राष्ट्रका लगभग ३ लाख युवाहरूको सहभागिता अपेक्षित राखेको बताउँदै सम्मेलनमा संगीतका कार्यक्रम, समुहगत छलफल र विभिन्न स्टलहरू, २ सय भन्दा बढी वक्ता र १० हजार डेलिगेट्स समुहगत छलफलमा सहभागी हुनुका साथै ५० भन्दा बढी इभेन्टहरू सम्मेलनका दौरानमा आयोजना हुने जानकारी गराए । यस सम्मेलनमा नेपालका ७ सय ५३ वटा स्थानीय तहको सहभागिता हुनेछ भने ७५ भन्दा बढी देशका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने तय भइसकेको छ ।
त्यसैगरी सम्मेलनको प्रचार र प्रचार–प्रसारका लागि ५ लाख रुपैयाँ पुरस्कार राशीसहित फुटसल प्रतियोगिता आयोजना गरिने पनि जनाइएको छ । माघ १७ देखि १९ सम्म आयोजना हुने फुटसल प्रतियोगिता खुल्ला र अन्तरविद्यालय स्तरीय हुनेछ । खुल्ला प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले ५ लाख रुपैयाँ र विद्यालय स्तरको पहिलो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस