विद्यार्थीहरुलाई शैक्षिक सामाग्री

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ माघ ७, सोमबार (३ महिना अघि)
  • ५५४ पटक पढिएको
विद्यार्थीहरुलाई शैक्षिक सामाग्री

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको विकट मानिने तेमाल गाउँपालिका वडा नम्वर ७ कालधरस्थित खड्कश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समाजसेवी ज्ञान बहादुर लामाले विद्यालय पोशाक, झोला र स्टेशनरी सामाग्री वितरण गरेको छ ।
कार्यक्रममा लामाले आफुले शिक्षाको क्षेत्रमा केही राम्रो गर्न चाहेको र शिक्षाको क्षेत्रमा सकेको सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै जन्मथलोमा सकेको सबैले गर्नुपर्ने बताए । त्यसैगरी केही समय अगाडी सिन्धुली जनजागृति माध्यमिक विद्यालय फिक्कल गाउँपालिका वडा नं. १ सिन्धुलीमा पनि सहयोग गरेको स्मरण गर्दै आफुले शिक्षाको क्षेत्रमा यस्तो खालको कार्य निरन्तर गरिरहने बताए ।
त्यसैगरी वडा अध्यक्ष ज्ञान बहादुर लामाले समाज विकासको लागि शिक्षामा सुधार हुनुपर्ने र त्यसको लागि सबै निकाय जिम्मेवार हुनुपर्ने भन्दै बालबालिका भविष्यको कर्णधार भएकोले यसले शिक्षाको उपलब्धीमा सहयोग हुने बताए ।
विद्यालयमा सहयोगमा गर्नुभएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चमान लामाले विद्यालयमा सहयोग गरेकोमा कृतज्ञता प्रकट गरे । कार्यक्रममा शिक्षक शिक्षिकाहरु, तामाङ पत्रकार संघ काभ्रेका सचिव अशोक बुद्ध लामा, युवा नेता मनिक मोक्तान र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस