ईप्सनको पाँचौ अधिवेशनले चुन्याे खड्कालाई अध्यक्षमा

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ पौष २०, शनिबार (३ महिना अघि)
  • २१२ पटक पढिएको
ईप्सनको पाँचौ अधिवेशनले चुन्याे खड्कालाई अध्यक्षमा

भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन) भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
भक्तपुरको रानीकोट स्थित भिलेज हाईल्याण्ड रिसोर्टमा सम्पन्न एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन) भक्तपुरको पाँचौं अधिवेशनले जी.बी खडकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का अध्यक्षमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्ष सुर्योदय सेकेण्डरी स्कुलका प्रिन्सिपल विजय कर्माचार्य, सचिव पारिजात बिद्याकुञ्जका प्रिन्सिपल बिक्रम थापा, सह सचिव ग्लोवल एकेडेमीका प्रिन्सिपल के. बी. ङाखुसी, कोषाध्यक्ष हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा चयन भएका छन् भने सदस्यहरुमा मदरल्याण्ड ईङ्लिस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्लिस स्कुलका प्रिन्सिपल जयप्रकाश राई, सेन्ट जोन्स ईङ्लिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, बिमल मेमोरियल बिद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्लिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु तथा नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग रहेका छन्।
एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तक मार्फत संयुक्त परीक्षा संचालन, शिक्षक सशक्तिकरण कार्यक्रमहरु, बिद्यार्थीहरुका लागि अतिरिक्त कृयाकलाप कार्यक्रम आदि संचालन गर्दै शैक्षिक उन्नयनमा अग्रसर यो संस्था बि.स. २०५७ मा स्थापना भएको हो ।
यस अधिवेशन मार्फत संस्थालाई सदस्य बिद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडी बढाउने, शिक्षक सशक्तिकरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउने र शिक्षक तथा बिद्यार्थी बिपद कोष संचालनलाई भावी योजनाका रुपमा अगाडी बढाउने योजना सहित अधिवेशन सम्पन्न भएको संस्थाका अध्यक्ष्ँ खड्काले जानकारी दिए ।
शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित उक्त संस्थामा ११ वटा बिद्यालयहरु सदस्य रहेको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस