नवनिर्वाचितहरुलाई जिल्ला समन्वयको सम्मान

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ८१ पटक पढिएको
नवनिर्वाचितहरुलाई जिल्ला समन्वयको सम्मान

काभ्रे । आज (बिहीबार) नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका नवनिर्वाचित कार्यसमिति, प्रदेश र केन्द्रीय परिषद सदस्य लगायतलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।
सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले पत्रकारहरुसँग पहिलेदेखि नै निकट सम्बन्ध रहेको बताए । गौतमले पत्रकारसँग आफूले लामो समयदेखि नजिक रहेर काम गरेको अनुभव सुनाउँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी पिताम्बर पाण्डे, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङलगायतले निर्वाचित सबै पत्रकारहरुलाई वधाई दिँदै सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस