शीर मेमोरियल अस्पतालको बहिरंग भवनको शिलान्यास

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ कार्तिक २२, बिहिबार (५ महिना अघि)
  • १२१ पटक पढिएको
शीर मेमोरियल अस्पतालको बहिरंग भवनको शिलान्यास

काभ्रे । जिल्लाकै पुरानो अस्पताल शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालमा बहिरंग भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबिच अस्पतालमा निर्माण गर्न लागिएको बहिरंग भवनको शिलान्यास गरिएको हो ।
बनेपाका स्थानीय राजभाई प्रधानले व्यक्तिगत सहयोगमा १२ हजार ९ सय ८८ स्क्वायर वर्गफिट क्षेत्रफलमा ४ तल्लाको भवन निर्माणका लागि पहिलो चरणमा निर्माण हुने पहिलो र दोस्रो तल्लाको भवनको लागि कुल लागत ३ करोड ५० लाख रुपैंया, भवन निर्माणको लागि कुल बजेट ५ करोड ५० लाख रुपैंया अनुमान गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा निर्माण गर्न लागिएको बहिरंग भवनको शिलान्यास बनेपाका स्थानीय दाता राजभाई प्रधानका मामा ललितपुर स्थित हरिसिद्धि, निवासी ९१ बर्षिय जेष्ठ नागरिक तप्त राज वन्तले गरेका हुन् ।
शिलान्यासलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले चाँडै नै यस निर्माण हुन लागेको अस्पतालले जिल्लाका नागरिकले गुणस्तरीय बहिरंग सेवा प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताए ।
सम्बोधनकै क्रममा बनेपा नगरपालिाकाका प्रमुख शान्ति रत्न शाक्यले अस्पतालले निर्माण गर्न लागेको सो भवनको लागि नगरपालिका र जनप्रतिनिधिको तर्फबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
शिलान्यास कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले अस्पताल निर्माणका लागि सहयोग गर्नुहुने दाता, प्राविधिक, व्यवस्थापक एवं सम्पूर्ण सहयोगीहरुलाई कृतज्ञता व्यक्त गरेका थिए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस