यकिन विवरण प्राप्त नहुँदा राहत वितरणमा समस्या

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (६ महिना अघि)
  • ३७८ पटक पढिएको
यकिन विवरण प्राप्त नहुँदा राहत वितरणमा समस्या

बिपशना शाक्य

काभ्रे । गत महिना असोज ११ र १२ गते अबिरल वर्षाका कारण आएको बाढी पहिरोले देशका विभिन्न क्षेत्र प्रभावित भएको छ ।
काभ्रेका बाढी र पहिरो मौसमजन्य विपदबाट प्रभावितहरु सुरक्षित स्थानको खोजी गर्दै अहिले बृद्धाआश्रम, स्कुल, सामुदायिक भवन, आफन्त, इष्टमित्रसँग बस्दै आएका छन् केही जीर्ण भवनलाई पुनःनिर्माण गरी सोही स्थानमा बस्न थालेका छन् ।


विपदबाट गुजे्रको २१ दिन बितिसक्दा पनि यकिन विवरण प्राप्त भएको छैन । विवरण प्राप्त नहुँदा बाढी पहिरोबाट प्रभावितलाई सरकारी राहत प्रदान गर्न समस्या भइरहेको जनाइएको छ । अस्थायी आवास पुर्नःनिर्माण गर्नको लागि प्रभावितहरुलाई १५ हजार रुपैंया दिने तयारी सरकारले गरिरहेको भए पनि यकिन विवरण प्राप्त नभएकै कारण समस्या भएको छ ।
प्रभावितहरुलाई विभिन्न निकायबाट सहयोग प्राप्त भएपनि पालिकाहरुबाट यकिन विवरण प्राप्त नहुँदा प्राप्त भएका राहत वितरणमा समेत कठिनाई भएको नेपाल रेडक्रस सोसाइटी काभ्रेको सभापति रघुनाथ हुमागाईले जानकारी दिए । हुमागाईंका अनुसार विवरण संकलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटी काभ्रेले सर्वेक्षण कार्यलाई अघि बढाएको बताए ।
त्यसैगरी बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकामा हालसम्म मौसमजन्य विपदबाट प्रभावित र क्षतिको विवरण नभएको बताए । आज (बिहीबार) बसेको कार्यपालिका बैठकबाट तीन दिनभित्र पालिकामा प्रभावित र क्षतिको विवरण संकलन गर्ने निर्णय भएको जानकारी दिँदै एक वडा एक प्राविधिक खटाएर सबै वडाबाट विस्तृत विवरण संकलन गरिने गाउँपालिका अध्यक्ष अधिकारीले बताए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस