भुम्लुका जनप्रतिनिधिहरुको सक्रियता

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (६ महिना अघि)
  • २२१ पटक पढिएको
भुम्लुका जनप्रतिनिधिहरुको सक्रियता

बाढीपहिरोमा मृतक परिवारलाई जनही ५० हजार

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाले बाढीपहिरोमा परी मृत्यू भएका परिवारर्ला पचास हजारका दरले सहयोग रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बुधवार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले अविरल वर्षा र पहिरोले मृत्यु भएका मृतक परिवारलाइ तत्कालका लागि जनही ५० हजारका दरले रकम प्रदान गर्ने निर्णय गरेको हो ।
भुम्लु गाउँपालिकाको वडा नं. ९ ज्याम्दीमा एक जना र वडा नं. ८ को बन्देउमा दूई जना गरी तीन जनाको मृत्यू भएको गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताए । पालिकाले विपद्मा परेकाहरुको उद्धार तथा राहत सहयोगको लागि ‘राहत सहयोग कोष’ स्थापना गर्ने भएको छ ।
जसमा बाढी पहिरोमा मृत्यू भएको परिवारको सहयोगको लागि सबै जनप्रतिनिधिको १ महिना बराबरको सेवा सुविधा र कर्मचारीहरुको तर्फबाट अधिकृत स्तरको २ दिनको तलब एवमं सहायक स्तरको १ दिनको तलब भुम्लु गाउँपालिका विपद् कोषमा जम्मा गराउने बैठकले निर्णय गरेको उपाध्यक्ष तामाङले बताए ।
सो बैठकले बाढी पहिरोमा परी समस्यामा परेका नागरिकको उद्धार, राहत वितरण र तत्कालका लागि पुनस्र्थापना गर्न वडास्तरिय उद्धार टोलि निर्माण गरी जनताको दैनिकीमा प्रयोग हुने खानेपनी, गोरेटो बाटो, विद्युत, सिँचाइ, विद्यालय स्वास्थ चौकीलगायतका सार्वजनिक सम्पदाको मर्मत तथा सरसफाइ गर्ने निर्णय गरेको छ । उपाध्यक्ष तामाङका अनुसार बाढी पहिरोबाट पालिकाको विभिन्न भेग र बस्तिहरु जोड्ने ग्रामीण सडकहरुमा क्षति पुगेर आवात जावत गर्न समस्या भएकोमा वर्षा रोकिएपछि मर्मत संभार कार्य जारीरहेको बताए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस