शेरबहादुर देउवाद्वारा धुलिखेलमा वी.पी कोइरालाको शालिक अनावरण गरिने

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ आश्विन २, बुधबार (७ महिना अघि)
  • २४५ पटक पढिएको
शेरबहादुर देउवाद्वारा धुलिखेलमा वी.पी कोइरालाको शालिक अनावरण गरिने

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला स्थित वि.पी राजमार्ग अन्र्तगत धुलिखलेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर ६ स्थित जरणडाँडामा वी.पी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको स्थानमा नेता कोइरालाको सालिक निर्माण गरिएको आज (बुधबार) पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी असोज ५ गते सालिक अनावरण गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस काभ्रेका सचिव गुणराज मोक्तानले बताए । २०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गर्न लागिएको नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाले जानकारी दिए । लामाका अनुसार अनावरण कार्यक्रममा नेपाली काँग्रेसका नगरदेखि वडासम्म सम्पूर्णलाई आमन्त्रण गरिएको छ ।
कुल १५ लाखको लागतमा ढलौटको सालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनान्जु श्रेष्ठले बताए । पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकबाट चन्दा संकलन गरी निर्माण गरिएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस