“पनौती” बालश्रममुक्त बालमैत्री बन्दै मुलुककै पहिलो नगरपालिका

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (७ महिना अघि)
  • ३२७ पटक पढिएको
“पनौती” बालश्रममुक्त बालमैत्री बन्दै मुलुककै पहिलो नगरपालिका

काभ्रे । काभ्रे जिल्लाको ऐतिहासक तथा पर्यटकीय नगरको रुपमा चिनिएको पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषणा हुने भएको छ ।
आज (शुक्रबार) पनौतीमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रामशरण भण्डारीले नगरपालिका बालश्रममुक्त बालमैत्री मुलुककै पहिलो नगरपालिका बन्न लागेको जानकारी गराएका छन् ।
उक्त पत्रकार सम्मेलनमा पनौतीमा १७ जना बालबालिका श्रममा राखेको पत्ता लागेपछि उनीहरुलाई पुनस्थापना गरिएको जानकारी समेत गराईएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा भोलि शनिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बालश्रममुक्त नगरपालिका घोषणा गर्ने तयारी रहेको उल्लेख गरिएको छ । पनौती नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा क्रमिक रुपमा बालश्रममुक्त भएसँगै पुरै नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
पनौती नगरपालिकाले बाल श्रमको खोजी गरी बालश्रममा रहेका बालबालिकाहरूको व्यवस्थापन गरेको र शिक्षाको व्यवस्था, परिवारमा मिलनको कार्य गरेको नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले जानकारी दिएकी छिन्। पनौती नगरपालिकाको बालश्रम मुक्त अभियानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँगको सहकार्यमा अन्तराष्ट्रिय श्रम संगठन आइ.एल.ओको सहकार्य गरेको पनि सोही पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस