काभ्रे । काभ्रेको बनेपा नगरपालिकाका बालबालिकाले जनप्रतिनिधिलाई प्रश्न राखेका छन् । ६० औं बाल दिवसको अवसरमा बनेपा नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिसंग बालबालिका अन्तरक्रिया कार्यक्रममा नगरका बालबालिकाले जनप्रतिनिधि समक्ष प्रश्न राखेका छन् ।
विद्यार्थीहरुले नगरपालिका सम्बन्धि स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका विविध विषयमा जनप्रतिनिधिहरुलाई प्रश्न राखेका थिए । उनीहरुको प्रश्नलाई बनेपा नगरपालिकाकी उप-प्रमुख बिमला सापकोटाले सम्बोधन गरेकी थिइन् ।
नगरलाई बालश्रममुक्त घोषणा गर्ने अभियान बनाएको बनेपा नगरपालिकाले हाल ६ वटा वडालाई बालश्रममुक्त घोषणा गरिएको छ भने अन्य वडालाई बालश्रममुक्त बनाउन तयारी भइरहेको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए ।
बनेपा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको सो कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, नगरका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक-शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।