काभ्रे । गणेश चतुर्थीको अवसर पारेर काभ्रेको ऐतिहासिक नगर पनौती नगरपालिका वडा नं ६ स्थित गोरखनाथ डाँडामा रहेको आकाशविनायक संरक्षण समितिको चौथों वार्षिक उत्सव सम्पन्न भएको हो । भाद्र शुक्ल गणेश चतुर्थीको दिन आज (शनिबार) पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा आकाशविनायक संरक्षण समितिको चौथों वार्षिक उत्सव सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख भण्डारीले समितिले विभिन्न समयमा धार्मिक एवं सामाजिक कार्य गर्दै आएकोमा आभार प्रकट गरे । यस प्रकारको कार्यलाई निरन्तरता दिनको उनले समितिलाई अनुरोध गरे । समितिले सार्वजनिक गरेको वार्षिक लेखा सुपरीवेक्षण प्रतिवेदन गरेको कार्य उल्लेखनीय भएको बताए ।
२०७६ सालमा श्रीमद भागवत महायज्ञ सञ्चालन गरेर पञ्चधातुबाट निर्मित ९ फिट उचाई भएको आकाशविनायकको निर्माण गरी २०७८ सालमा प्राण प्रतिष्ठा गरिएको आकाशविनायक संरक्षण समितिका राम कुमार बस्नेतले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा समितिलाई विभिन्न कार्यमार्फत सहयोग तथा योग्दान पुर्याउने समाजसेवी तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो । समितिको वार्षिक प्रतिवेदन हरि शरण कार्कीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भिम प्रसाद आचार्य, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद के.सी, पडिंत अच्युत प्रसाद भट्टराई, समाजसेवी, समितिका पधादिकारी सञ्चारकर्मी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । बरिपरि वन जङ्गलले घेरिएको बीचको अग्लो ठाउँमा रहेको डाँडामा रहेको मन्दर नजिकै गणेशको मूर्ति स्थापना गरिएको छ । गोरखनाथडाँडामा रहेको सो मन्दिरसँगै मन्दिरको ठीक अगाडि निर्माण गरिएको गशेणको मूर्ति र बाटिकाले त्यहाँको धार्मिक पर्यटनका लागि अर्को आकर्षण केन्द्र बनेको छ।