नेपालको पहिलो र एशियाको दोस्रो स्वस्थ शहर “धुलिखेल”

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ भाद्र १३, बिहिबार (८ महिना अघि)
  • १३४ पटक पढिएको
नेपालको पहिलो र एशियाको दोस्रो स्वस्थ शहर “धुलिखेल”

काभ्रे । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काभ्रेको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो र एशियाको दोस्रो स्वस्थ शहर’ घोषणा गरेको छ ।
सङ्गठनले तोकेको मापदण्ड पूरा गरेको धुलिखेल एशियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ । सङ्गठनका प्रमुख डा. सुभाजी गुडले नेपालको पहिलो स्वस्थ शहर र एशियाको दोस्रो स्वस्थ शहर भएको घोषणा गर्दै एशियामा पहिलो स्वस्थ शहर भारतको पुणेनगर बनेको र काभ्रेको धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए ।
सङ्गठनले दिएको मापदण्डअनुसार स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग तथा सरुवा रोग र सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै पालिकाको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिको आधारमा स्वस्थ शहर घोषणा गरेको प्रमुख ब्याञ्जूले बताए ।
नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको छ । पर्यटकीय धुलिखेल नगर ‘आरोग्य शहर’ अभियानमै रहेको प्रमुख ब्याञ्जुले बताउँदै धुलिखेल नगरपालिकाले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी) अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस