महामारीजन्य रोगहरु नियन्त्रणका लागि जनस्वास्थ्यको अन्तरक्रिया

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ भाद्र १२, बुधबार (८ महिना अघि)
  • १९१ पटक पढिएको
महामारीजन्य रोगहरु नियन्त्रणका लागि जनस्वास्थ्यको अन्तरक्रिया

काभ्रे । अहिले बढ्दै गइरहेको महामारीजन्य रोगहरु नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय काभ्रेले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले महामारीजन्य रोगहरुको अवस्था बारे प्रष्ट पार्दै त्यसको रोकथामका लागि भइरहेको प्रयास र आगामी दिनमा आउन सक्ने समस्याहरुको बारेमा जानकारी दिएकी थिइन् ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत सिर्जना अधिकारीले एडिज एजिप्टी नामक लामखुट्टेको कारणले डेंगु रोग फैलिने र यसको कुनै विशेष औषधि नभएको कुरा उल्लेख गरेको छ । अधिकृत अधिकारीले लामखुट्टेको जीवनचक्र र यसले कसरी सानो पानी जमेको ठाउँमा अन्डा पार्ने र लामखुट्टेको जीवनचक्र एक हप्तामा पूरा हुने, जसमा अन्डा दुई देखि तीन दिनसम्म लार्भा अवस्थामा रहने, चार देखि पाँच दिन प्युपा अवस्थामा रहने र त्यसपछि एक देखि दुई दिनमा व्यस्क अवस्थामा परिवर्तन हुने तथ्यांक समेत प्रस्तुत गरेका थिए ।
डेंगु नियन्त्रणका लागि गत श्रावणदेखि हरेक शुक्रबार १०ः१० मा लामखुट्टे खोजी र नष्ट अभियान सुरु गरेको अधिकृत अधिकारीले जानकारी दिँदै रोगहरुको बारेमा सचेतना कार्यक्रम स्थानीय तहले गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै विषादी छिट्काउ अभियानले २० प्रतिशत प्रभाव पारेको र केमिकल फगिङ्ग तथा विषादीयुक्त धुवाँ प्रयोगले ५–१० प्रतिशत मात्र प्रभावकारीता रहेको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ ।
काभ्रे जिल्लाले डेंगु रोगको पूर्वतयारीका लागि १० पालिकामा द्रुत प्रतिकार्यको तयारी गरेको र तीमध्ये ३ पालिकामा छिटोभन्दा छिटो अभियान सञ्चालन गरिने समेत जानकारी दिइएको छ । बागमती प्रदेशमा रहेका जिल्लाहरूको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी संक्रमित संख्या काठमाडौंमा १ सय ५३ र सबैभन्दा कम भक्तपुरमा २७ जना रहेको जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार रोगको रोकथामका लागि लामखुट्टेको वासस्थानको सफाई र पानी जम्न नदिने उपायहरूमा सबै नागरिकले सहभागी हुनुपर्नेमा कुरा जोड दिएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस