काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा ३ र ४ स्थित डाँडागाउँ र भाङटारमा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीको उद्घाटन गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ) ले गरेका छन् ।
निर्माण भइसकेका १ सय ७८ घरमा धारा गाउँपालिका अध्यक्ष छिन्ताङले उद्घाटन गर्दै कुनै पनि संरचना निर्माण गर्नु मात्र ठुलो कुरा नभएर त्यसको दिगो टिकाउनका लागि संरक्षण गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
खानीखोला गाउँपालिका र नेवा खानेपानीको आर्थिक सहयोग र जनश्रमदानमा एक घर एक धारा अभियान सम्पन्न भएको उक्त खानेपानी उद्घाटनमा वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान, बुद्धि बहादुर स्याङतान र सागर जिम्बाले धारामा पानी पिएर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा खानीखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान, वडा नंं ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङतान, वडा नं. ३ का वडा अध्यक्ष सागर जिम्बा नेकपा माओवादी केन्द्र जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील), समाजसेवी राजन अधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।