कृष्ण जन्माष्टमीको अवसरमा रक्तदान कार्यक्रम

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ भाद्र १०, सोमबार (८ महिना अघि)
  • १८९ पटक पढिएको
कृष्ण जन्माष्टमीको अवसरमा रक्तदान कार्यक्रम

काभ्रे । लायन्स क्लब इन्टरनेशनल ३२५ आइ नेपाल अन्तर्गत ८ वटा क्लबहरु र श्रीकृष्ण प्रणामी युवा परिषद्को संयुक्त आयोजना तथा नेपाल रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


उक्त रक्तदान कार्यक्रमबाट ६२ पिन रक्त संकलन भएको नेपाल रेडक्रस काभ्रेले जानकारी दिएको छ । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे, लायन्स क्लब अफ काठमाडौं माँ चण्डेश्वरी, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर, लायन्स क्लब अफ काठमाडौं क्याम्पेन, लायन्स क्लब अफ काठमाडौं बेथानचोक, लायन्स क्लब अफ काठमाडौं पूर्वक्षितिज काभ्रे, लायन्स क्लब अफ काठमाडौं चौरीदेउराली काभ्रे र लायन्स क्लब अफ गोसाइस्थानको सहभागिता रहेको थियो ।


सोही अवसरमा क्लबद्वारा श्रीकृष्ण मन्दिरलाई सोलार वितरण गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा लायन एमजेएफ प्रल्हाद शर्मा हुमागाईं, जोन चियर पर्सन लायन राम प्रसाद ढकाल, लायन नवराज अधिकारी, लायन बिपशना शाक्य, लायन शालिकराम सापकोटा, सञ्चारकर्मी लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस