काभ्रे । कृष्ण जन्माष्टमीको अवसरमा आज बनेपामा इस्कोनसँगको सहकार्यमा बिग केयर हस्पिटल एण्ड ट्रमा सेन्टरले हेल्थ क्याम्प गरेको छ ।
उक्त हेल्थ क्याम्पमा सयभन्दा बढीले लाभ लिएको हस्पिटलका म्यानेजर रबिकराज कायस्थले जानकारी दिएका छन् । कायस्थका अनुसार क्याम्पमा हाडजोर्नी, सुगर, प्रेसर, थाइराइडका बिरामीहरुको संख्या बढी आएको जानकारी दिएका छन् । श्रीकृष्ण जन्माष्टमीको महाउत्सवमा आएका भक्तजनहरुलाई जीवनजल र सिटामोल वितरण गरिएको बताएका छन् ।
सोही अवसरमा हस्पिटलका एचआर मेनेजर ग्रीष्मा शाक्यले बिग केयर हस्पिटल नयाँ व्यवस्थापन बाट यही भदौ महिनाभित्र सञ्चालन हुने बताएका छन् । उक्त हस्पिटलबाट बहुविशेषज्ञता सेवाहरु स्त्री रोग, बाल रोग, हार्डजोर्नी, सामान्य चिकित्सा, नशा रोग विशेषज्ञका साथै २४सै घण्टा आकस्मिक सेवा तथा फार्मेसी, छिटो र छरितो प्रयोगशाला सेवा रहेको जानकारी दिएका छन् ।