नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ भाद्र ८, शनिबार (८ महिना अघि)
  • १०९ पटक पढिएको
Post Thumbnail

काभ्रे । नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । आगामी भदौ १६ गते बनेपामा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो ।
जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध महिला दिदिबहिनी एवं जनप्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम गर्ने  निर्णय गरेको सचिव गुणराज मुक्तानले जानकारी दिए ।
ख्यातिप्राप्त, चर्चित कलाकारहरूको प्रस्तुती रहने कार्यक्रममा नेपाली कांग्रेस काभ्रेले सहभागीताको लागि सबैमा अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस