भक्तपुर । नेपाली गीत संगीतको प्रवर्द्धन तथा उत्थान अनि विकास र संरक्षणका लागि स्थापित म्युजिक ल्याबले थाइल्यान्डमा म्युजिक ल्याबको गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड गर्ने भएको छ ।
चाँडै नै म्युजिक ल्याबले थाइल्यान्डको राजधानी बैंककमा ऐतिहासिक गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको म्युजिक ल्याबका लक्ष्मण श्रेष्ठले जानकारी दिएका छन् । विगत लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीको रुपमा संचालित म्युजिक ल्याबले कला र गलाको सम्मान तथा अग्जलाई सम्मान, अनुजलाई प्रोत्साहन स्वरुप म्युजिक अवार्ड गर्न लागिएको आयोजकले जनाएको छ ।
पहिलो पटक सिंगापुर, मलेसिया र थाइल्याण्डमा अवार्ड कार्यक्रम गर्न लागेको बताउदै आयोजक संस्थाका श्रेष्ठले अवार्ड सस्तिएको अनि अवमुल्यण भईरहेको अहिलेको परिपेक्ष्यमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्डले यी वातावरणलाई चिर्दै वास्तविक हकदारलाई अवार्ड तथा सम्मान प्रदान गर्ने जनाए । जताततै अवार्ड र सम्मानका कार्यक्रमले अवार्डलाई ने गलत दृष्टिले मुल्याकन गर्न थालिएको अवस्थामा यो अवार्ड फरक र विशेष हुने आयोजकको दाबी छ ।
थाइल्यान्ड, सिंगापुर र मलेसिया तीन देशको सांगीतिक यात्रा सँगसँगै हुने यो अवार्ड भने थाईल्याण्डमा गरिने बताईएको छ । अवार्डमा विभिन्न ८० भन्दा बढी विधामा अवार्ड प्रदान गरिने जनाइएको छ। साथै अवार्ड कार्यक्रममा सम्मानको कार्यक्रम समेत हुने आयोजकले जनाएको छ।
कलाक्षेत्रमा सक्रिय प्रतिभाको प्रोत्साहनको लागि आयोजना गरिएको कार्यक्रमले प्रतिभालाई थप हौसला अनि प्रेरणा दिने बताउँदै आयोजकले अवार्डमा सहभागी हुन आयोजकसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ ।