करण परियार: एक संघर्षशील सपनाको साकारोक्त यात्रा

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ ९, आईतबार (१० महिना अघि)
  • ३२२ पटक पढिएको
करण परियार: एक संघर्षशील सपनाको साकारोक्त यात्रा

काठमाडौं, नेपाल – संगीतको विश्वमा एउटा नयाँ तारा उदाएको छ। बर्दियाका करण परियारको एउटा मात्रै सपना थियो—गायक बन्ने। आर्थिक अवस्था कमजोर भए तापनि, उनले आफ्नो सपनालाई कहिल्यै कमजोर हुन दिएनन्।

करण परियारका लागि संगीतप्रतिको प्रेम र समर्पणले उनलाई काठमाण्डौं सम्म पुर्यायो। आर्थिक कठिनाईका बाबजुद, उनका बुवाले उनलाई काठमाण्डौं ल्याएर १००० रुपैयाँ दिए। यही रकमले उनले संगीतको औपचारिक शिक्षा सुरु गरे। बौद्धको एउटा सानो टिनको छाप्रोमा बसेर उनी हासिखुशी संगीत सिक्न थाले। पेट पाल्नको लागि उनले कार्पेट डेलिभरीको काम पनि गर्न थाले।

सपना देख्नका लागि मात्र हैन, त्यसलाई साकार पार्न कठोर परिश्रम र समर्पण चाहिन्छ भन्ने कुरा करणले प्रमाणित गरे। निरन्तर संघर्ष र संगीतप्रतिको अदम्य प्रेमले उनलाई अन्ततः सफलताको शिखरमा पुर्यायो। अहिले, उनी नेपाल आइडलको ताज पहिरिएकाछन्।

नेपाल आइडल बन्नु केवल करणका लागि मात्रै होइन, उनका परिवार र सम्पूर्ण बर्दियाका लागि पनि गौरवको विषय बनेको छ। करण परियारको यो यात्रा धेरैलाई प्रेरणा दिनेछ। संघर्ष र परिश्रमले नै सपनालाई साकार गर्न सकिन्छ भन्ने उदाहरण करणले प्रस्तुत गरेका छन्।

करनलाई हार्दिक बधाई र आगामी यात्रा सफलताको शुभकामना!

ताजा अपडेट

खोजी गर्नुहोस