बेथानचोकमा साबुन बनाउने तालिम सुरु

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ ६, बिहिबार (१० महिना अघि)
  • ३४३ पटक पढिएको
बेथानचोकमा साबुन बनाउने तालिम सुरु

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकाको वडा नं. ३ महांकालथानमा साबुन बनाउने सम्बन्धि तालिम मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
स्थानिय आविष्कार केन्द्र बेथानचोक काभ्रेको सहकार्य र बेथानचोक गाउँपालिका वडा नम्वर ३ को आयोजन र उद्योग वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनमा उक्त तालिम सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले तालिमको उद्घाटन गर्दै महिलाहरूलाई आत्म निर्भर हुनेमा विश्वस्त रहेको बताउँदै तालिमले महिलाहरूको सशक्तिकरण, आयआर्जन तथा शिक्षा स्वास्थ्यकोे क्षेत्रमा विभिन्न गतिविधि गरिरहेकोे जानकारी समेत दिएका छन् ।
त्यस्तै वडा नं. ३ का वडाध्यक्ष कुबेर ढकालले स्थानियस्तरमै तालिम दिएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने समेत वताएका छन् । तालिमले महिलाहरूलाई समेत रोजगारीको सिर्जना हुने र यस तालिमले गाउँमा सबैलाई रोजगारीको सुबिधा हुनुको यसले गाउँको विकास हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

सम्बोधनकै क्रममा अध्यक्ष ढकालले महिलाहरूलाई साबुन निर्माण गर्ने सीपसँगै साबुन उद्योग संचालनका लागि आवश्यक बजार विश्लेषणबारे पनि अभिमुखिकरण गरिने बताएका छन् ।
तालिममा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख यज्ञ बहादुर ओली, स्थानिय आविस्कार केन्द्रका अध्यक्ष पदमलाल तिमल्सिना, स्थानिय आविस्कार केन्द्रका सचिव प्रतिक्षा आचार्य, बेथानचोक वडा नम्वर ३ का वडा सदस्य चरिमाया तामाङ लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस