लागू औषध दुरुपयोग विरुद्ध प्रहरीको साताव्यापी कार्यक्रम सुरु

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ ६, बिहिबार (१० महिना अघि)
  • १७९ पटक पढिएको
लागू औषध दुरुपयोग विरुद्ध प्रहरीको साताव्यापी कार्यक्रम सुरु

काभ्रे । “लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवस” साताव्यापी रुपमा मनाउने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले KAN Campaign:‍ Kavre Against Narcotics अवधारणा लागु गरेको छ ।
साताव्यापीको आज पहिलो दिन धुलिखेल भकुण्डेचोक स्थितमा ट्राफिक प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालयका डाक्टरसंग समन्वय गरी २९ जना सवारी चालकहरुले लागु पदार्थ सेवान गरेका छन/छैन भनेर चेकजाँच गरेको छ ।
चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोक जिल्ला साँगाचौकगढी नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३२ को पासाङ दावा शेर्पा बा.प्र.०३-००१ ज ४०५ नम्बरको ई.भी. चालक, वर्ष २७ को नकुल खत्री बा.प्र.०१-००६ ख ४८५१ नम्बरको कालिञ्चोक यातायात प्र.लि., जिल्ला काभ्रे मण्डनदेउपुर वडा नं. ९ बस्ने वर्ष ३२ को सरोज हमाल बा. ५ ख १०४२ को ट्रिपर चालक र जिल्ला दोलखा गौरी शंकर गा.पा.३ बस्ने २९ को रिम बहादुर कार्की बा.४ ख ५७५५ नम्बरको अरनिको यातायातको सवारी चालकले लागु पदार्थ सेवान गरी सवारी चलाएको भनी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस