पलाञ्चोक मुहान फलामेटार बृहत खानेपानी उद्घाटन, ५२ घरधुरी लाभान्वित

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ ३, सोमबार (१० महिना अघि)
  • २९७ पटक पढिएको
पलाञ्चोक मुहान फलामेटार बृहत खानेपानी उद्घाटन, ५२ घरधुरी लाभान्वित

काभ्रे । खानीखोला गाउँपालिका वडा नं. २ फलामेटारस्थित पलाञ्चोक मुहान फलामेटार बृहत खानेपानी आयोजनाको उद्घाटन खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएकोे छ ।


खानेपानीको ठेक्का सम्झौता गरी समयमा नै काम सम्पन्न गरेकोमा धन्यवाद दिँदै खानेपानी आयोजनालाई उपभोक्ता समिति गठन गरी खानेपानीलाई नियमित बनाउन वडावासिहरुलाई अध्यक्ष छिन्ताङले अनुरोध समेत गरेका छन्  । खानीखोलाका सातै वडामा एक घर एक  धारा बनाउने पालिका सरकारको नीति रहेको जानकारी दिएका छन् ।
त्यसैगरी मानविय जीवनमा पानीको आवश्यकता महत्वपूर्ण भएकोले यो अयोजना समय सिमा भन्दा अघि काम सम्पन्न गरेकोमा प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले खुशी व्यक्त गर्दै आगामी दिनमा राम्रो काम गर्नेलाई प्रोत्साहन बढाउनका लागि सम्मान गर्ने प्रतिवद्वता समेत जनाएका छन् ।


वागमती प्रदेशको विशेष अनुदानमा रु १ करोड लागत रहेको श्रीजना कन्स्ट्रक्सनले ५८ लाखमा ठेक्का पारी काम सम्पन्न गरेको जानकारी गराउँदै फलामेटारका ५२ घर धुरीमा खानेपानी पुर्याएको गैरेले बताएका छन् ।
कार्यक्रममा लेखापाल बम काजी शेर्पाली, इन्जिनियर अनमोल आचार्य, वडा नं. २ का अध्यक्ष दशरथ थिङ, वडा नं. ५ का अध्यक्ष  बुद्धि बहादुर स्याङ्तान, ४ का अध्यक्ष निशान मोक्तान, समाजसेवी मिना पाख्रीन, स्थानीयहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राम कृष्ण अर्यालले गरेका थिए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस