काभ्रे मुद्रण संघमा राउत

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ १, शनिबार (१० महिना अघि)
  • २३१ पटक पढिएको
काभ्रे मुद्रण संघमा राउत

काभ्रे । काभ्रे मुद्रण उद्योग संघको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन आज (शनिबार) सम्पन्न भएको छ ।
अधिवेशनले दिपक राउत (खड्ग बहादुर) को अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष प्रेमबहादुर थापा (राजन), सचिव जयराम बञ्जारा, कोषाध्यक्ष सर्वश्री अधिकारी, सदस्यहरुमा बुद्धलक्ष्मी मानन्धर, नवराज अधिकारी र सन्तोष न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णु तिवारीले मुद्रण संघमा कतिपय समस्याहरू हामीभित्रैबाटै आएको बताउँदै सबै एकजुट भएर आएका समस्याहरूलाई समाधान गर्न सकिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।


कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार, पत्रकार महासंघका सल्लाहकार नवराज बजगाईं, काभ्रे मुद्रण संघका संस्थापक अध्यक्ष कौशलराज खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा छापाखानामा विगत लामो समयदेखी आबद्ध भएका २ जना जेष्ठ सदस्य बाबुकाजी गिरी र गोविन्द खड्कालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
मुद्रण संघका अध्यक्ष जगनाथ खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष जयराम बञ्जाराले वार्षिक आयव्यय र वार्षिक प्रगति प्रतिवेदन सचिव राजन थापाले प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस