विकासको पहिलो आधार शिक्षा नै हो: अध्यक्ष लामा

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ जेष्ठ २५, शुक्रबार (१० महिना अघि)
  • १२८ पटक पढिएको
विकासको पहिलो आधार शिक्षा नै हो: अध्यक्ष लामा

काभ्रे । रोशीका सरकारसँग बिद्यार्थी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माध्यामिक विद्यालयको आयोजनामा सरकारसँग बिद्यार्थी कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय सरकारसँग बिद्यार्थी अन्तरक्रिया कार्यक्रम पहिलोपटक आयोजना गरेकोमा विद्यालयलाई गाउँपालिका अध्यक्ष दिनेश लामाले धन्यवाद व्यक्त गर्दै बिकासको पहिलो आधार शिक्षा भएकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै जनमानसमा सामुदायिक विद्यालयहरूले क्रिएटिभ क्रियाकलाप र कार्यक्रम गरिएन भने सामुदायिक विद्यालयको गुणस्तर राम्रो हुँदैन भन्ने एक खालको धारणलाई यस कार्यक्रमले चिर्न सफल भएको गाउँपालिका अध्यक्ष लामाले बताएका छन् । सामुदायिक विद्यालयका शिक्षकहरूले चाह्यो भने गर्न सक्छन् भन्ने यो उदाहरण बनेको छ यसरी नै अगाडी बढ्न समेत आग्रह गरेका छन् । शिक्षाको क्षेत्रमा पालिकाले गर्न सक्ने कुराहरू पालिकाले गर्ने र नसक्ने कुराहरू प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्ने लामाले बताए ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले शिक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताए ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले शिक्षाको नीतिगत कामहरू जनप्रतिनिधिले गर्ने र प्रशासनिक काम कर्मचारीले गर्ने बताए । शिक्षाको क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार मिलेर गर्ने र विद्यालय पनि एक खालको सरकार भएकाले सबै एक आपसमा मिलेर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।
रोशी-७ का वडाध्यक्ष अशोक गौतमले गुणस्तरीय शिक्षाका लागि वडाकार्यालयबाट हुने कुनै पनि सहयोग बाँकी नराख्ने बताए ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य गौरव मोक्तान, प्रमोद उप्रेती, प्रधानाध्यापक रामशरण सिग्देल लगायत शिक्षक बिद्यार्थीहरूको उपस्थिती रहेका थिए ।
रोशी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा बिद्यार्थीहरूले रोशी सरकारका लागि उठाएका प्रश्नहरूको जवाफ रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमले दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस