धुलिखेल–खावा सडक विस्तार गर्न बिहान ९ देखि दिउँसो ३ बजेसम्म अरनिको राजमार्ग बन्द गरिने

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ जेष्ठ ७, सोमबार (११ महिना अघि)
  • २२६ पटक पढिएको
धुलिखेल–खावा सडक विस्तार गर्न बिहान ९ देखि दिउँसो ३ बजेसम्म अरनिको राजमार्ग बन्द गरिने

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लास्थित धुलिखेल–खावा सडक विस्तार कार्यका लागि बिहान ९ देखि दिउँसो ३ बजेसम्म अरनिको राजमार्ग बन्द गरिने भएको छ ।


सो सडक खण्डको पकुचादेखि धुलिखेलसम्म २.५ किलोमिटर २.५ किलोमिटरमा सव–बेस बिछ्याउनका लागि जेठ ८ र ९ गते  बिहान ९ देखि दिउँसो ३ बजेसम्म अरनिको राजमार्ग बन्द गरिने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । राजमार्ग बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले अनुरोध समेत गरेको छ ।
धुलिखेल–खावा सडक खण्डको ४ किलोमिटर सडक विस्तार र स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लि.बीच २२ महिनामा काम सक्नेगरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो तर सडक बिस्तार कार्य गर्न निर्धारण गरिएको समय सकिसक्दा पनि ३० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्यालयका प्रमुख मेघराज मरासिनीले जानकारी दिएका छन् ।
मरासिनीका अनुसार, निर्माण व्यवसायीको लापरवाहीका कारण सडक बिस्तार कार्यमा ढिलासुस्ती बताएका छन् । हालसम्म २.५ किलोमिटरमा सडक कटिङ्ग, २ किलोमिटरमा नाली बनाउने, बायो इन्जिनियरिङ्ग, टेवा पर्खाल लगायतका कार्यहरु सम्पन्न भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मरासिनीले बताए ।
उक्त सडक ३० करोड ७८ लाख २ हजार ३० रुपैयाँको लागतमा सडक खण्डको विस्तार तथा स्तरोन्नतिको कार्यलाई गौरी–पार्वती निर्माण सेवा प्रा.लिले २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस