जेठको पहिलो साताबाट नै यातायात कार्यालयबाट सेवा प्रारम्भ गर्छौं: मन्त्री लम्साल

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ बैशाख ७, शुक्रबार (१ साल अघि)
  • १६९ पटक पढिएको
जेठको पहिलो साताबाट नै यातायात कार्यालयबाट सेवा प्रारम्भ गर्छौं: मन्त्री लम्साल

बनेपा । यातायात व्यवस्थाको कार्यालय बनेपा नपा-६, बुडोल स्थित सपिङ कम्प्लेक्समा राख्ने सम्झौता बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात र बनेपा नगरपालिका बिच सम्झौता भएको छ ।
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण लम्सालले सम्बोधनमा बोल्दै जेठको पहिलो साताबाट नै यातायात कार्यालयबाट सेवा प्रारम्भ गर्ने बताएका छन् । मन्त्री लम्सालले बनेपामा रहने उक्त कार्यालयले काभ्रेका साथै छिमेकी जिल्ला राजधानीको पुर्वी क्षेत्र सिन्धुपाल्चोक, दोलखा, सिन्धुली समेतका सेवाग्राहीहरूले सेवा पाउने र राजधानीको पनि चाप घटाउने सकिने विश्वास आफूले लिएको बताएका छन् ।

मन्त्री लम्सालको नेतृत्वमा गत आईबार कार्यालयको लागि उक्त भवनको अवलोकन तथा निरीक्षण गरिसकेको सोही कार्यक्रममा सार्वजनिक गरेको छ ।
कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले मन्त्रालयले यातायात कार्यालय राख्न भवन खोजिरहेको अवस्थामा हामीसँग रहेको सरकारी भवन उपभोग विहीन रहेकोमा मन्त्री लम्सालसँगको निरन्तर छलफल र संवादबाट बनेपामै कार्यालय रहने कुराले हौसला मिलेको बताउँदै आजको दिन बनेपा नगरको लागि मात्रै नभई समग्र जिल्लाको लागि नै खुशीको दिन भएको बताएका छन् ।
त्यस्तै बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले दुई तल्ला यातायात ब्यवस्था कार्यालयको प्रयोजनका लागि उपभोग हुने जानकारी दिँदै बाँकी रहने तीन तल्ला अन्य कार्यालय प्रयोजनको लागि भाडामा जाने अपेक्षा राखेको बताएका छन् ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसीले आफ्नै वडामा यातायातको कार्यालय हुने भएपछि वडावासीका साथै समग्र जिल्लावासीले यातायातका सम्पूर्ण कार्य सहजै जनताले सेवा पाउनेमा विश्वस्त रहेको बताएका छन् ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले भवन उपभोग सम्बन्धि सम्झौता पत्र आदानप्रदान गरिएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, नगरप्रमुख शान्तिरत्न शाक्य र बनेपा-६ का वडाध्यक्ष सचितान्द के.सी.ले रोहबरमा हस्ताक्षर गरेको पत्रमा नगरपालिकाले आफु मातहात रहेको भवनको दुइतल्ला १० वर्षका लागि निःशुल्क उपलब्ध गराएको सोही कार्यक्रममा जानकारी गराएको थियो ।

९ बुँदे सम्झौता पत्र:

१.काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ६ अरनिको राजमार्गसंगैको नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्स नामको भवनको उत्तर र पूर्वी मोहडा तर्फको माथिको दुई तल्ला नगरपालिकाले मन्त्रालयलाई यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्चोक स्थापना गरी सञ्चालन गर्न आगामी १० वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराउने ।
२. मन्त्रालयले उपयोग गर्ने भवनको भागमा कार्यालय सञ्चालनको लागि आवश्यक पार्टेसन गर्ने तथा कार्यालयको सेटअप सम्बन्धी काम मन्त्रालयले गर्ने ।
३. भवनको संरचनाको मर्मत, रङ्गरोगन, सरसफाइ लगायतका कार्यको लागत अनुमान नगरपालिकाले तयार गरी मन्त्रालयमा पठाउन र मन्त्रालयले क्रमिक रुपमा आफ्नो बजेटबाट वा प्रदेश सरकारको शहरी विकास कार्यालय मार्फत मर्मत, रङ्गरोगन तथा सरसफाइका कार्यहरु गर्ने ।
४. भवनमा जडान भएको बिजुलीबाट मन्त्रालयले प्रयोग गर्ने भागमा विद्युत आपूर्तिका लागि सबमिटर राखी मन्त्रालयले उपयोग गरेको विजुलीको दररेट अनुसारको रकम नगरपालिकालाई उपलब्ध गराउने ।
५. यातायात व्यवस्था कार्यालयमा पर्याप्त पार्किङको आवश्यकता पर्ने भएकोले भवनसँगै जोडिएको खाली जग्गा नगरपालिकाले उचित दररेटमा भाडामा लिने र त्यसरी लिएको जग्गाको सम्झौता बमोजिमको वहाल रकम मन्त्रालयले उपलब्ध गराउने व्यवस्था मिलाउने ।
६. मन्त्रालयले प्रयोग गर्ने भवनको भागमा खानेपानीको आपूर्तिको लागि नगरपालिकाले छुट्टै खानेपानी धाराको लाइन व्यवस्था गरिदिने तथा मन्त्रालयले प्रयोग गर्ने भवनको भागमा खानेपानी आपूर्ति व्यवस्थापनका लागि आवश्यक संरचना तयार गर्ने कार्य मन्त्रालयले गर्नेछ । यसरी जडित धाराको महसुल मन्त्रालयले भुक्तानी गर्नेछ ।
७. भवनको उपयोगका सम्बन्धमा यसपछि कुनै द्विविधा उत्पन्न भएमा तथा थप समझदारी कायम गर्नुपर्ने अवस्था देखिएमा दुवै पक्ष बीचको आपसी समझदारी बमोजिम गर्ने ।
८. यस सम्झौतामा दुवै पक्षवाट सहीछाप भएको मितिबाट प्रारम्भ भएको मानिनेछ । 
९. दुबै पक्षको सहमतिमा सम्झौताकाहरु संशोधन हुन् सक्नेछन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस